
काठमाडौँ – भक्तपुरको लोकनथलीमा बुधबार राति भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ । राति पौने १२ बजे बा ९३ प १४१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बाटो छेउको रेलिङ्गमा ठोक्किँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भक्तपुरको सूर्यविनायक बस्दै आएका सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ का २३ वर्षे कुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नागरिक अस्पताल गठ्ठाघरमा निधन भउको हो । मोटरसाइकलको पछि बसेका २५ वर्षे राजकुमार श्रेष्ठको नागरिक अस्पतालमै उपचार भइरहेको छ ।