१,००० जनामा तीनजनाको रगत मात्रै मिल्यो जेनबसँग

आक्रामक क्यान्सरसँग लडिरहेकी छन् दुर्लभ रगतयुक्त दुई वर्षे बालिका

आक्रामक क्यान्सरसँग लडिरहेकी छन् दुर्लभ रगतयुक्त दुई वर्षे बालिका
+
-

क्यान्सरसँग जुधिरहेकी दुई वर्षकी बालिकाको उपचारका लागि दुर्लभ रगतको खोजी भइरहेको छ । क्यान्सरको उपचारका लागि रगत र रगतसँग जोडिएका तत्व दिनु पर्ने भए पनि आवश्यक रगत दुर्लभ भएकाले समस्या भएको हो ।

अमेरिकाकी दुई वर्षकी बालिका जेनब मुगललाई दुर्लभ प्रकारको क्यान्सर भएको छ र उनको रगत पनि दुर्लभ समूहको छ । यहि कारण उपचारमा समस्या भएको डाक्टरले बताएका छन् ।

जेनबको उपचारका लागि आवश्यक पर्ने रगतको खोजीमा चलाइएको अभियान अहिले विश्वव्यापी बनेको छ । एक हजार भन्दा बढी व्यक्तिको रगत परीक्षण गरिएकोमा उनलाई आवश्यक परेको जस्तो रगत मात्रै तीनजनामा भेट्टिएको अभियानकर्ताले बताएका छन् ।

जेनबको उपचारका लागि सातदेखि १० जना डोनर आवश्यक पर्ने डाक्टरले बताएका छन् ।

बुवा–आमासँग जेनब

यो वर्षको सुरुमा जेनबमा न्युरोब्लास्टोनामा नामक क्यान्सर देखिएको थियो र उपचार सुरु भएको हो । यो क्यान्सर दुर्लभ र आक्रामक हुन्छ । विशेष गरी शिशु र बालबालिकामा यसको संक्रमण देखिन्छ ।

उनको उपचारको क्रममा ‘ब्लड ट्रान्सफ्युजन’ आवश्यक हुन्छ । अर्थात रगतसहित रगतमा हुने विभिन्न तत्वहरु जेनबलाई डोनर मार्फत दिनु पर्छ ।

जेनबको रगत निकै दुर्लभ छ, किनकी उनको रगतमा इन्डियन बी भनिने एन्टीजेन छैन । यो एन्टीजेन धेरै व्यक्तिको रातो रक्तकोषमा हुने वन ब्लडले जनाएको छ । गैर नाफामुखी संस्था वन ब्लडले जेनबका लागि डोनरको खोजी अभियान चलाएको छ ।

जेनबका लागि सम्भावित डोनरमा पाकिस्तानी, इन्डियन वा इरानियन मुलका व्यक्ति जसको रगत ओ या ए समूहको भएको हुनु पर्ने वन ब्लडले जनाएको छ । यी व्यक्ति मध्ये चार प्रतिशत भन्दा कम व्यक्तिमा इन्डियन बी एन्टीजेन हुँदैन ।

सबै कुरा नमिलेसम्म जेनबको शरीरले दिइएको रगत स्वीकार गर्दैन । अहिलेसम्म अमेरिकामा दुई र बेलायतमा एक गरी तीन डोनर फेला पारिएको छ जसको रगतमा ती सबै कुरा मिल्नेछ जुन जेनबलाई चाहिएको छ ।

रगतले नै उनको रोग निको हुने होइन तर उपचारका लागि रगत नभइ नहुने भएकाले खोजी तीव्र पारिएको हो ।

जेनबका बुवा राहील मुगलले गएको सेप्टेम्बरमा छोरीको उपचार गरिएको बताए । आफूहरु आँसुमा डुबेको उनले बताएका छन् । जेनबसँग उनका बुवा र आमाको रगत पनि मिलेको छैन । त्यसपछि अरु डोनर खोज्ने अभियान सुरु भएको हो ।

तस्बिरहरु : वनब्लड, सिबिएस र गेट्टी इमेज

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?