५६ महिलाका हत्यारा पूर्व प्रहरी, जसले घुमाउने बहानामा बलात्कार अनि हत्या गरे

५६ महिलाका हत्यारा पूर्व प्रहरी, जसले घुमाउने बहानामा बलात्कार अनि हत्या गरे
+
-

मिखाइल पापकोव नाम गरेका रुसका एक पूर्व प्रहरीलाई दोस्रोपटक जन्मकैदको सजाय सुनाइएको छ । उनलाई रुसमा सबैभन्दा खतरनाक सिरियल किलरका रुपमा चिनिन्छ ।

७८ व्यक्तिको हत्या गरेको अभियोगमा उनी दोषी ठहरिएका छन् । साईबेरियामा खटिएका यी पूर्व प्रहरीले ५६ महिलाको हत्या गरेको घटनामा दोषी ठहर गर्दै दोस्रोपटक जन्मकैदको सजाय सुनाइएको हो ।

पापकोव यसभन्दा अघि पनि  अन्य २२ जनाको हत्या अभियोगमा दोषी ठहर हुँदै सजाय काटिसकेका व्यक्ति हुन । मध्यरातमा आफ्नो कारमा घुमाउन लैजाने बहानामा उनले महिलाहरुको विभत्स हत्या गर्ने गरेका थिए ।

ती मध्ये ११ महिलालाई उनले बलात्कार समेत गरेको बताइएको छ । यस्ता तीनवटा घटना उनले आफ्नो ड्युटीको समयमा प्रहरीको गाडीभित्रै घटाएका थिए । ६ वर्षअघि डिएनए परीक्षणका आधारमा पापकोवलाई गिरफ्तार गरिएको थियो ।

हत्या भएका महिलाहरुको उमेर १५ देखि ४० वर्षको रहेको बताइएको छ । पापकोवले एकजना आफ्नै सहकर्मी प्रहरीको पनि हत्या गरेका थिए।

पापकोवले यी महिलाहरुलाई क्कुत्सकको अंगस्र्क शहर आसपासमा बन्चरो र हतौडाले हिर्काएर मार्ने गर्थे भने शवका टुक्रालाई सडक किनार, जंगल तथा स्थानीय शमशान घाटमा फाल्ने गरेका थिए ।

पापकोवले अंगस्र्ककी तथाकथित चरित्रहिन महिलाहरुलाई ‘शुद्ध’ पार्ने दाबाका साथ यस्तो गरेको बयान दिएको बताइएको छ ।

श्रोतः बिबिसी 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’