यस्तो थियो कपिल र गिन्नीको पहिलो भेट

यस्तो थियो कपिल र गिन्नीको पहिलो भेट
+
-

‘कमेडी नाइट्स विद कपिल’ र ‘द कपिल शर्मा शो’ का कारण दर्शकको मनमा बसेका कपिल शर्माले प्रेमिका गिन्नी चतरथसँग विवाह गरेका छन् । लामो समयदेखि पर्दाभन्दा बाहिर रहेका कपिल शर्मा आफ्नो विवाहका कारण फेरि एकपटक चर्चामा आएका छन् ।

गिन्नी चतरथ काे खास नाम भवनीत चतरथ हो तर उनलाई गिन्नी भनेर चिनिन्छ । जालन्धरको सिख परिवारकी गिन्नी र कपिल शर्माको पहिलो भेट २००५ मा भएको थियो । त्यती बेला कपिल २४ र गिन्नी १९ वर्षकी थिइन् ।

एक पत्रिकामा दिएको अन्तर्वार्तामा कपिलले भनेका थिए कि उनी खर्च जुटाउन थिएटरको निर्देशन गर्थे । यसका लागि उनी अलग-अलग कलेज गएर अडिशन लिने गर्थे ।

यही अडिशनका क्रममा कपिल शर्माको भेट गिन्नीसँग भएको थियो । गिन्नीको कामबाट आफू प्रभावित भएको कपिलले बताएका थिए ।
त्यो बेला गिन्नी रिहर्सलका क्रममा कपिलका लागि घरबाट खाना ल्याएर आउने गर्थिन् ।

अभिनेत्री बन्ने सपना देखेकी गिन्नी चतरथले २००९ मा स्टारवनको स्टैण्ड अप कमेडी कार्यक्रमका क्रममा ‘हँस बलिए’ मा भाग लिएकी थिइन् जसको हिस्सा कपिल शर्मा पनि थिए ।

उक्त शो पछि गिन्नीलाई पन्जाबी फिल्म र टेलिभिजनमा अफर आयो तर उनले अभिनयभन्दा टाढा रहने फैसला गरिन् ।
फाइनान्समा एमबीए गरेकी गिन्नीले बुवाको व्यवसायलाई अगाडि बढाउने निर्णय गरिन् ।

यो पनि पढ्नुहोस्

कपिल शर्मा विवाहका तस्बिरहरु

कपिल शर्मा विवाहका तस्बिरहरु

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’