विवेकशील साझा पार्टीद्वारा प्रदेश संयोजक बास्कोटालाई ‘अनुशासनको कारबाही’

विवेकशील साझा पार्टीद्वारा प्रदेश संयोजक बास्कोटालाई ‘अनुशासनको कारबाही’
+
-

काठमाडौँ– विवेकशील साझा पार्टीले प्रदेश नम्बर–३ की संयोजक समीक्षा बास्कोटालाई अनुशासनको उल्लंघन नगर्न सचेत गराएको छ। साथै पार्टीको हीत विपरीतका गतिविधि नदोहोर्‍याउन पनि बास्कोटालाई सचेत गराइएको छ।

न्याय तथा सुशासन आयोगले गत साउनमा बानेश्वरमा आयोजना गरिएको जिल्ला संयोजक चयन कार्यक्रममा बास्कोटासहितका केही नेता–कार्यकर्ताले नेतृत्वको निर्णयप्रति विरोध जनाएका थिए।

‘बानेश्वरमा आयोजित जिल्ला संयोजक चयन कार्यक्रममा केही साथीहरु शालिन विमति राख्नु भएको थियो, त्यो पार्टीभित्रको एउटा अनपेक्षित घटना थियो,’ विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले देश सञ्चारसँग भने, ‘यस्ता घटना नदोहोर्‍याउन सचेत गराइएको हो।’

प्रवक्ता आचार्यले पुराना पार्टीले जस्तो विमति राख्नासाथ कारबाही गर्ने पद्धति विवेकशील साझा पार्टीमा नरहेको प्रष्ट्याउँदै सबैलाई मर्यादित बनाउन नेतृत्वदेखि कार्यकर्तासम्म नै सचेत गराउने गरेको बताएका छन्।

गत निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–१ ‘क’ बाट प्रदेशसभाको उम्मेदवार बनेकी बास्कोटा कानुन व्यवसायी हुन्। केन्द्रीय सदस्य रहेकी बास्कोटालाई विवेकशील साझाले जेठ ४ गते प्रदेश नम्बर–३ को संयोजकमा चयन गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?