
अभिनेत्री श्रीदेवीको असामयिक निधन भयो। उनको अप्रत्याशित निधनलाई धेरैले विश्वास नै गर्न सकेनन् तर उनको निधनको खबर सत्य थियो। उनलाई माया गर्ने र हेर्न चाहने उनका फ्यानहरुलाई उनलाई देख्ने चाह सधैँ रहिरह्यो।
तर बेलाबखतमा श्रीदेवीकी छोरी जान्ह्वी कपूर मानिसलाई झस्काइ दिन्छिन्, स्वर्गीय श्रीदेवीलाई जीवित बनाइदिन्छिन्, श्रीदेवीको जस्तै पहिरन लगाएर। प्राय: छोरीहरुलाई आमाजस्तो देखिन्छ की देखिदैन भनेर तुलना गर्ने गरिन्छ, श्रीदेवीसँग जान्ह्वीको पनि धेरै तुलना भएको थियो। श्रीदेवीको मृत्युपछि अहिले उनको पहिरनले धेरैलाई श्रीदेवीको याद गराउँछ।
जब उनले आमाको सारी लगाएकी थिइन्
जान्ह्वीको २०१८ को राष्ट्रिय अवार्ड समारोहमा श्रीदेवीको सारी लगाएकी थिइन्। आमाको सिल्क सारीमा सजिएर आएकी जान्ह्वीले सबैको मन चोरेकी थिइन्। यो समारोहमा श्रीदेवीलाई उत्कृष्ट अभिनेत्री भनेर सम्मान गरिएको थियो।
चर्चित सल
जान्ह्वीले आमाले लगाएको जस्तै सेतो कुर्ता र हल्का गुलाबी रंगको कुर्ता लगाएकी थिइन्, यसले उनलाई चर्चित बनाएको थियो।
‘मांग टिका लुक’
जान्ह्वीले विवाह समारोहमा जाने बेलामा लगाएको पहिरनको सर्वत्र चर्चा भयो। उनले राजस्थानी लेहेन्गा लगाएकी थिइन् भने ‘मांग टिका लुक’ गरेकी थिइन्। जान्ह्वीको यो अवतार श्रीदेवीको ‘लम्हे’ चलचित्रको श्रीदेवीको रुपसँग तुलना गरिएको थियो।
निलो सारीमा जान्ह्वी
जान्ह्वीले चलचित्रको प्रोमोशनमा जाँदा एक पल्ट निलो सारी लगाएर गएकी थिइन्। उनले निलो सारीमा सिलाबर रंगको झुम्का लगाएकी थिइन, साधारण बिन्दी पनि। उनी असाध्यै साधारण देखिएकी छन्। उनको यो रुप ‘मिस्टर इन्डिया’ को चर्चित गीतमा देखिएकी श्रीदेवीसँग लगभग मिलेको थियो।
साधारण गृहिणी
जान्ह्वीको पहिलो चलचित्र धडक हो। यो चलचित्रको एउटा सिनमा जान्ह्वीले गृहणीको भूमिका निभाएकी छन्। उनको यो अवतारलाई श्रीदेविको इंग्लिश– बिङ्लिशको रुपसँग मिलेको भनिएको थियो।