पियंका चोपडा र निक जोनस हालै ओमानमा रमाइलो समय बिताएर फर्केका थिए । उनीहरु ओमानमा हनिमुनका लागि गएको बताइएको थियो । पछिल्लो खबर अनुसार पियंका र निक अब आफ्नो दोस्रो हनिमुनका लागि गइरहेका छन् ।
खबरका अनुसार उनीहरु २८ डिसेम्बरमा हनिमुन मनाउन स्विट्जरल्याण्ड जानेछन् । उनीहरु त्यहाँबाट १० जनवरीमा फर्कने छन् । उनीहरु मोन्टरियोक्स जाने र त्यसपछि नयाँवर्षका लागि जेनेभाको रिजोर्ट टाउन जाने कार्यक्रम छ ।

प्रियंकाले आफ्नो हनिमुन अघि नै सबै प्रोफेशनल कमिटमेन्ट पूरा गर्न चाहेकी छन् । त्यसका लागि उनले कफि विद करण को एपिसोड शूट गरिसकेकी छन् भने द स्काई इज पिं को नयाँ शेड्युलको पनि छिट्टै शूट गर्नेछिन् ।

भर्खरै
लोकप्रिय






































































































































































































