भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार उत्तर प्रदेशको रायबरेली शहर गइरहेका छन् । त्यहाँ उनले रेल कोच फ्याक्ट्रीको उद्घाटनका साथै केही परियोजनाको शिलान्यास पनि गर्नेछन् ।
तर लोकसभा चुनाव अघि भइरहेको मोदीको यो यात्राका पछाडि ठूलो राजनीतिक उदेश्य पनि रहेको अनुमान गरिएको छ । रायबरेलीमा रेल कोच फ्याक्ट्रीको उद्घाटनपछि मोदी एक जनसभालाई सम्बोधन गर्नेछन र त्यसलगत्तै उनी प्रयागराज र्यालीलाई सम्बोधन गर्न जानेछन् ।
रायबरेली कांग्रेसको सबैभन्दा बलियो क्षेत्र मानिन्छ । यो पार्टीकी पूर्व अध्यक्ष सोनिया गान्धीको संसदीय क्षेत्र पनि हो । रायबरेलीलाई गान्धी परिवारको पारम्परिक गढ पनि मानिन्छ ।

यो फिरोज गान्धीदेखि लिएर इन्दिरा गान्धी र सोनिया गान्धीको लोकसभा सीट हो । २०१४ को लोकसभा चुनावमा कांग्रेसलाई यूपीमा मात्र दुई सिट मिलेको थियो जसमध्ये एक रायबरेली हो । अमेठी अर्को शहर हो जहाँ राहुल गान्धीले जितेका थिए ।
यसै वर्ष अप्रिलमा बीजेपीका राष्ट्रीय अध्यक्ष अमित शाहले रायबरेली यात्रा गरेका थिए र त्यसक्रममा कांग्रेस पार्टीका एमएलसी दिनेश प्रताप सिंहको परिवार बीजेपी प्रवेश गरेको थियो ।
दिनेश सिंहका एक भाई कांग्रेस पार्टीबाट नै एमएलए र अर्का भाई जिल्ला पञ्चायतका अध्यक्ष छन् । अमित शाहपछि केन्द्रीय मन्त्री स्मृति ईरानी र पछि वित्त मन्त्री अरुण जेटली पनि रायबरेली यात्रा गरिसकेका छन् ।

भर्खरै
लोकप्रिय






































































































































































































