
धनगढी- सुदुरपश्चिम खप्तड गोल्डकपको तेस्रो सस्करण पुस २४ गतेदेखि आयोजना हुने भएको छ।
आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबले बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको छ। पुस २४ गतेदेखि माघ ५ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि तयारी समेत सुरु गरिएको आयोजकले जनाएको छ।
एक विदेशी सहित १२ टिम सहभागी हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए।
ध्नगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि सिरिजलाई १०÷१० हजार पुरुस्कार प्रदान गरिने छ।फिफा र एन्फाको नियम अनुसार खेल नकआउट चरणमा खेलाईने छन्।
१ करोड ४० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक ७ हजार दर्शकले प्रत्यक्ष तथा एक करोड ५० लाख मानिसले अप्रत्यक्ष रुपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकले दावी गरेको छ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एच डी (डिस) होमले गर्ने छ।सुदुरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एकमात्रै गोल्डकप हो।
‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकाशको अभियान’ भन्ने नारा सहित सुदुरपश्चिम ११ स्पोर्टस क्लबले विगत तीन वर्षदेखि गर्दै आयोजना गर्दै आएको छ।