अमेरिकाले चीनमाथि लगायो सरकारी एजेन्सी ह्याक गरेको आरोप

अमेरिकाले चीनमाथि लगायो सरकारी एजेन्सी ह्याक गरेको आरोप
+
-

अमेरिकाले आफ्ना कैयौँ सरकारी एजेन्सीहरुमा चीनले ह्याक गरेको आरोप लगाएको छ ।

अमेरिकी न्याय विभागले चीनका दुई नागरिकहरुलाई इशारा गर्दै उनीहरुले पश्चिमा देशहरुको सरकारी एजेन्सीहरुमाथि ह्याक गरिरहेको आरोप लगाएको हो ।
यी दुवै चिनिया नागरिकहरुको नाम झु हुआ र झैंग शिलोंग रहेको बताइएको छ । उनीहरु एडभान्स परसिसटेन्ट थ्रेट १० समूहका सदस्य हुन् । यो समूह चीनको गुप्तचर निकायसँग जोडिएको छ ।

अमेरिकाका सँगै ब्रिटेनले पनि चीनमाथि यस्तै आरोप लगाएको छ । चीनले दुवै देशबीच भएको आर्थिक आसूसी सम्झौता उल्लंघन गरिरहेको ब्रिटेनको आरोप छ ।
अमेरिकी गुप्तचर निकाय एफबीआईका निर्देशक क्रिस्टोफरले यस सम्बन्धमा एक पत्रकार सम्मेलनमा भनेका छन् ‘हाम्रो अनुसन्धानका क्रममा यो घटना एकदमै गम्भीर रुपमा आएको छ र यसले राष्ट्रिय सुरक्षालमाथि नै खतरा पार्न सक्छ । यसबाट हाम्रो देशको अर्थतन्त्रलाई धरासयी बनाउने प्रयास भइरहेको छ । चीन चाहन्छ कि उसले अ‍मेरिकालाई हराएर विश्वको शक्तिशालि राष्ट्र बन्न सकियोस् ।’

एफबीआईले भनेको छ कि यी ह्याकरहरुले अमेरिकी सेनाका कम्प्युटर समेत ह्याक गरेका छन् र एक लाखभन्दा धेरै निजी कर्मचारीहरुका डाटा चोरी गरेका छन् ।
अमेरीकाका डेपुटी एटर्नी जनरल रोड रोसनटीनले भनेका छन् की चीनले सन २०१५मा भएको सम्झौता उल्लंघन गरेको छ ।

तर अमेरिका र ब्रिटेनले ति कम्पनीहरुको नाम उल्लेख गरेको छैन जहाँको डाटा ह्याक गरिएको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’