गुगलमा ‘बार गर्ल’ खोज्दा सोनिया गान्धी भेटिएपछि…

गुगलमा ‘बार गर्ल’ खोज्दा सोनिया गान्धी भेटिएपछि…
+
-

यो साता चर्चित नेताको नाममा आउने ‘गुगल खोजको नतिजा’ले भारत, अमेरिका र पाकिस्तानमा चर्चा पाएको छ । ‘गुगल सर्च इन्जिनामा ‘इडियट’ खोजी गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ‘भिखारी’ सर्च गर्दा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको नाम आउने गरेको छ ।

बुधबारदेखि भारतमा पनि यस्तै किसिमको कुराले चर्चा पाएको छ । ‘बार गर्ल इन इण्डिया’ वा ‘इटालियन बार गर्ल’ गुगल गर्दा कांग्रेस अध्यक्ष राहुल गान्धीकी आमा सोनिया गान्धीलाई देखाउने गरेको छ ।

गुगल ट्रेन्डसका अनुसार १९ डिसेम्बरमा दिन भारतमा अत्याधिक मात्रामा बार गर्ल इन इण्डिया सर्च भएको पाइएको छ । भारतको उत्तराखण्ड, झारखण्ड, छत्तीसगढ, राजस्थान र उत्तर प्रदेशका मानिसले अत्याधिक मात्रामा बार गर्ल इन इण्डिया खोजी गरेका थिए ।

सामाजिक सन्जाल प्रयोगकर्ताले ‘बार गर्ल इन इण्डिया’ भन्दा कसरी आयो सोनिया गान्धीको तस्बिर भनेर प्रश्न गरेका छन् । यसअघि इडियट खोज्दा अमेरिकी राष्ट्रपति ट्रम्पलाई देखाइएको बारेमा गुगलले जवाफ नै दिनुपरेको थियो । गुगलका अधिकारीका अनुसार जुन शब्दमा प्रयोगकर्ताले कोही नेताको नाम खोजी गर्छन् यसको असर खोजीको नतिजामा पर्छ ।

भारतमा पाँच राज्यको विधानसभा चुनावको नतिजा आएपछि सोनिया गान्धीको विरुद्धमा सामाजिक सन्जालमा एउटा अभियान चलाइएको थियो । केही समूहले सामाजिक सन्जालमा सोनिया राजीव गान्धीसँग विवाह गरेर भारत आउनु अघि इटालीमा बार डान्सर रहेको आरोप लगाएका थिए ।

केही फेसबुक प्रयोगकर्ता तस्बिर समेत राखेर इटालियन बार गर्ल इन इण्डिया सर्च गर्न आग्रह पनि गरेका थिए । माइक्रो ब्लगिंग साइट ‘कोरा’ मा पनि यससँग सम्बन्धिछ प्रश्न सोधिएको छ ।

केही समय अगाडि हलिउड कलाकार मर्लिन मुनरोको सन् १९५५ मा आएको एउटा चलचित्रको पोस्ट एडिट गरेर त्यसलाई सोनिया गान्धिको तस्बिर बनाइएको थियो । साथै तस्बिरलाई शेयर गर्दै राहुल र सोनियाको विरुद्धमा अभद्र टिप्पणी पनि भएको थियो ।

बिबिसी हिन्दीबाट

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’