रवि ओड: एक बिद्रोही आवाज

रवि ओड: एक बिद्रोही आवाज
+
-

काठमाडौँ – सुदूरपश्चिम भन्ने बित्तिकै मानिसहरुले छाउपडी सम्झन्छन्, अभाव सम्झन्छन्, भोकमरी, गरिबी र पछौटेपन सम्झन्छन् तर सुदूरपश्चिम सम्भावनाको खानी पनि हो भन्ने कुरा थोरैको मनसपटलमा मात्रै छ ।

राज्यबाट हेपिएको, पछाडि पारिएको, अवसर नदिइएको भन्दै लामोसमयदेखि सुदूरपश्चिम बासिन्दाले आवाज उठाइरहेका छन्, तर त्यहाँको प्रचूर सम्भावनाको उत्खनन अझै पनि हुन सकेको छैन ।

शुक्रबार राति दोस्रो नेपाल आइडल घोषित रवि ओडले यतिबेला आफ्नो नाम मात्रै चर्चाको शिखरमा पुगाएका छैनन् उनले सुदूरपश्चिममा पनि सम्भावनाहरु छन् भन्ने कुरा प्रमाणित गरेर देखाएका छन् ।

‘रवि एक गायक मात्र होइन, यो सुदूरपश्चिमको एक बिद्रोही आवाज हो । जो गरिबी, अशिक्षा, भोकमरी र अभावविरुद्ध लड्न तयार छ’, काठमाडौँमा पत्रकारिता गरिरहेका सुदूरपश्चिमका डिपि उपाध्याय भन्छन् ‘रवि मार्फत सुदूरपश्चिमले दिएको सन्देश हो, ‘हामीसँग हिरा छ, मात्र त्यसलाई छोपेर राखेको गरिबी नामको हिलो मिलेर पखाल्नु छ ।’

नेपाल आइडल सिजन-२ का विजेता हुनुअघि गीत गाउँदै कञ्‍चनपुरका रवि ओड। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

यसअघि पहिलो नेपाल आइडल चलेका बेला सुदूरपश्चिममा अडिसन नै भएन, त्यो आयोजकको व्यवस्थापकीय बाध्यता पनि हुन सक्ला । आफ्नो क्षेत्रमा अडिसन नभएपछि सुदूरपश्चिमका प्रतिभाहरु कसैले नेपालगञ्ज त कसैले काठमाडौँबाटै अडिसन दिए, धनगढीकी सन्ध्या जोशी उत्कृट ९ सम्म पुगेर आउट भइन् ।

सायद सन्ध्याले सुदूरपश्चिममा पनि प्रतिभा रहेको छनक दिन सफल भइन्, दोस्रो नेपाल आइडलको अडिसन धनगढीमा पनि भयो । अडिसनमा ‘माया जाउँला रेलैमा’ बोलको गीत गाएका रविले निर्णायकको मन जितेपछि उनलाई काठमाडौँ बोलाइयो । उनको प्रतिभा निखारिदै गयो, दर्शक र निर्णायकको मन जितेका रवि ‘नेपाल आइडल’ बन्न सफल भए ।

रवि नेपाल आइडल बनेसँगै उनको जीवनका पछिल्ला पानाहरु पल्टिएका छन् सञ्चार माध्यमहरुमा । २०५४ सालमा जन्मिएका हुन् । आर्थिक अभावले भारतमा चौकीदारी गर्ने जाने परिवार मध्येको एक हो रविको परिवार । अर्थकै जोहो गर्न ७० सालको निर्वाचनमा म्यादी प्रहरी पनि बनेका थिए रवि, अनि धनगढीका विभिन्न दोहोरीसाँझमा उनले गीत गाएको कुरा अहिले चर्चामा ल्याइएको छ ।

रविको घर

नेपाल आइडल बनेसँगै गरिबीको जन्जिरले बाँधिएको झुपडीबाट उठेको एक बिद्रोही आवाजको परिचय पाएका छन् रविले ।

‘आफ्नो क्षेत्रमा लागिरहे सफता प्राप्त गर्न सकिन्छ, कहिलेकाहीँ चमत्कारै पनि हुनसक्छ भन्ने सन्देश रवि ओडको कथाबाट पाउन सकिन्छ’, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सीताराम भट्ट भन्छन्, ‘खासमा गरिबी र पछौटेपनको जन्जिर तोडेर हिरो बन्न तपस्या चाहिँ चाहिन्छ । तपस्या गर्नेले नै सहानुभूति र सहयोग समर्थन पनि पाउने हो, रविको जीवनमा पनि यस्तै भएको हो ।’

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रविको सानो घर छ । टायलले छाएको झुपडीजस्तै सानो कच्चीघरमा जन्मे हुर्केका रवि नेपाल आइडल बन्छन् भन्ने कल्पना कसैले गरेका थिएनन् होला त्यतीबेला । तर नेपाल आइडल विजेताको घोषणा भएलगत्तै रविको ‘सानो झुपडी’ सहित सिंगो शहरमा दीपावली गरिएको छ ।
रविका बुवा रोजगारीका लागि अहिले पनि भारतमा छन् ।

जन्मदिने आमा गुमाइसकेका रवि कर्म दिने आमाका साथमा हुर्की–बढे, तर घरमा चुल्हो समेत बल्न नसक्ने अवस्था सानैदेखि बुझेका उनी कलिलो उमेरमै अर्थको जोहो गर्न भारत पनि पसेका थिए । २०७० सालको निर्वाचनमा उनी म्यादी प्रहरीमा भर्ना भए, तर गीत गाएर पनि केही गर्न सकिन्छ भन्ने हुटहुटी मनमा राखेका रवि धनगढीका दोहोरीसाँझमा गाउन थाले ।

यहीबिचमा धनगढीमा भएको नेपाल आइडलको अडिसनले उनलाई हिरो बनायो । सायद धनगढीमा अडिसन नभएको भए रविको यात्रा नेपाल आइडल विजेतासम्म पुग्न सक्ने थियो–थिएन त्यो यसै भन्न नसकिएला तर रविको यो यात्राले नेपाल आइडलका आगामी संस्करणहरु सुदूरपश्चिममा पक्कै होलान् ।

छाउपडी, अभाव, गरिबी, भोकमरी र अशिक्षाको भूमरीबाट निस्केर सुदूरपश्चिमको विद्रोही आवाज बन्न सफल भएका रवि अब आफ्नो सांगीतीक यात्रामार्फत सुदूरपश्चिमको अभावका विरुद्ध कसरी लड्नेछन् त्यो समयले बताउला ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?