निर्मला हत्या प्रकरण

घर पुगेर विशालले भने, ‘कुटपिटका डरले नगरेको हत्या स्वीकारेँ’

घर पुगेर विशालले भने, ‘कुटपिटका डरले नगरेको हत्या स्वीकारेँ’
+
-

धजगढी– निर्मला हत्या प्रकरण फेरि जटिल मोडमा पुगेको छ । प्रहरीले हत्यारा प्रक्राउ गरिसकेको र अनुसन्धान अन्तिम चरणमा रहेको बताईरहेका बेला हत्या स्वीकार गरेको भनिएका मध्ये विशाल चौधरी छुटेपछि निर्मला हत्या प्रकरण जटिल मोडमा पुगेको हो।

अनुसन्धानका लागि भन्दै १८ दिनअघि मंसिर १९ गते पक्राउ गरिएका कञ्चनपुर भीमदत्त नगरपालिका १८ सालघारीका १६ वर्षीय विशाल चौधरी रिहा भएका छन् । उनलाई प्रहरीले शनिवार आफन्तको जिम्मा लगाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले प्रहरी कार्यालयको रोहबरमा बालबालिका खोजतलास केन्द्रले विशाललाई परिवारको जिम्मा लगाएको जानकारी दिएका छन्।

चौधरीलाई हिरासतमै रहेका भीमदत्त नगरपालिका १८ भगतपुरकै प्रदिप रावलको बयानपछि महेन्द्रनगरमा पक्राउ गरि अनुसन्धानका लागि काठमाण्डौं पठाईएको थियो।

उनीहरु दुवै जनाको डीएनए समेत परिक्षण गरिएको थियो । तर, अझै सार्वजनिक गरिएको छैन।

शनिबार जिल्ला प्रहरी कार्यालयमा छुट्दै गर्दा विशालले भनेका छन, ‘कुटपिट गर्ने डरले हत्या गरेको हुँ भनेर प्रहरीलाई भनेँ।’

उनले प्रहरी हिरासतमा शारिरीक र मानसिक यातना दिएको पनि बताएका छन्।

प्रहरीले साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन सकेको छैन।

हत्यारा सार्वजनिक गर्न माग राखेर निर्मलाका बुवाआमाले कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयको बाहिर सुरु गरेको अनिश्चितकालीन धर्ना जारी छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?