
गोन्जाओ-चिनियाँ मोबाइल कम्पनी ओपोले आफ्नो फाइन्ड एक्स ५ जीप्रोटोटाइप सार्वजनिक गरेको छ। ओपोले डिसेम्बर ६ देखि ८ सम्म गोन्जाओमा आयोजित २०१८ चाइना मोबाइ लग्लोबल पार्टनर्स कन्फरेन्समा पहिलो पटक फाइन्ड एक्स ५ जीप्रोटोटाइप सार्वजनिक गरेको हो।
विश्वभरका आफ्ना औद्योगिक साझेदारहरुसँग सहकार्य गर्दै नयाँ ५जी औद्योगिक पर्यावरणको विकास गर्ने बताइएको छ।
सन् २०१९को आगमन हुँदै गर्दा ओपो फाइन्ड एक्स, फ्ल्यागशिप स्मार्टफोनले स्मार्टफोन उद्योगमा‘अल स्क्रिन ट्रेण्ड’को अगुवाइ गरेको दाबी गरेको छ। विकसित देशहरुमा थप उपभोक्ता वृद्धि गर्ने लक्ष्य लिएर फाइन्ड एक्सका साथमा ओपोले पश्चिम यूरोपेली बजारमा प्रवेश समेत गरेको छ।
ईञ्जिनियरिङ स्याम्पल स्न्यापड्र्यागन ८५५ र एक्स५०, ५जी मोडेम रहेको यो ओपो फाइन्ड एक्स ५जीप्रोटोटाइपमा अद्वितीय ५जी पर्फरमेन्स दिने क्षमता रहेको छ। यसले ग्लोबल पार्टनर्स कन्फरेन्सका अत्यधिक अवलोकनकर्ताको ध्यान आफूतिर ध्यान तानेको छ।
कार्यक्रममा ओपो, क्वालकम र किसाइट टेक्नोलोजिज् ईंक (अग्रणी विद्युतीय मापक कम्पनी)ले ५जी डाटा कनेक्टिभिटी तथा एप्लिकेशन (ब्राउजिङ, अनलाइन भिडियो रिप्ले र भिडियो कल) लगायत फाइन्ड एक्स ५जीप्रोटोटाइप प्रदर्शन गरेको थियो।
उक्त सम्मेलनमा बोल्दै ओपो ग्लोबल भाइस प्रेसिडेन्टतथा प्रेसिडेन्ट अफ चाइना विजनेशका ब्रायन शेनले भने ‘सन् २०१९मा व्यापारिक ५जी स्मार्टफोन सार्वजनिक गर्ने ओपो पहिलो कम्पनी हुनेमा हामी विश्वस्त छौँ ’
५जी नयाँ यूगको अभियन्ताका रुपमा ओपोले सन् २०१५देखि नै ५जी स्ट्याण्डर्ड, प्रडक्ट आरएण्डडी र एप्लिकेशन्सको अध्ययन गर्दै आएको थियो। सन् २०१८ ‘मे’मा ओपोले ‘स्ट्रक्चर्ड लाइट’प्रविधिको प्रयोग गर्दै विश्वकै पहिलो ५जी थ्रीडी भिडियो कलको सफल परिक्षण गरेको थियो जसमा ‘युबिक्यूटस रियालिटी’अवधारण प्रस्ताव गरिएको थियो।
यो सँगै अगस्टमा ओपोले स्मार्टफोनमा विश्वको पहिलो ५जी सिग्नलिङ तथा डाटा कनेक्शन्सको सफल परिक्षण गर्दै अक्टोबरमा ५जी ईन्टरनेट एक्सेस परिक्षण गर्ने पहिलो कम्पनी बन्यो। ५जीमाअर्को कोशेढुङाको रुपमाओपोले नोवेम्बर ३०मा स्मार्टफोनमा ५जी सञ्जालमार्फत विश्वकै पहिलो मल्टिपार्टी भिडियो कलको सफल परीक्षण गरेको छ।
यसका साथै ओपोले नयाँ प्रविधिमा आउने टेक्नोलोजीलाई ध्यानमा राख्दै ओपोले ५जी प्लसको अवधारणा सार्वजनिक गरेको छ। ५जी+ यूगमा सबै कुरा कनेक्टेड हुने र ‘एक्स्पेरियन्स ईज किङ’हुने कम्पनीको दाबी गरेको छ।
‘५जी नेटवर्क मार्फत सञ्चालनहुने विभिन्न स्मार्ट उपकरणको सञ्चालनका लागि स्मार्टफोन मूल आधार हुनेछ। स्मार्ट हेल्थ तथा स्मार्ट होम जस्ता अवधारणाका लागि पनि स्मार्टफोन केन्द्र विन्दुका रुपमा स्थापित हुने कम्पनीले दाबी गरेको छ। ५जी तथा अन्य अत्याधुनिक प्रविधिलाई नजिकबाट अ्ययन र खोज गर्दै ओपोले समग्र उद्योगसँग सहकार्य गर्दै ५जी+नव प्रवर्द्धनात्मक ईको सिस्टम निर्माण गर्दैछ, ’शेनले भने ।
‘ओपोले ५जीलाई एआई, बिग डाटा र क्लाउड कम्प्युटिङको साथमाथप अगाडी लाँदै स्मार्टफोन र स्मार्ट उपकरणलाई वास्तवमै बुद्धिमानी निजी सहायकका रुपमाविकास गर्ने योजनाबनाएको छ ।भविस्यमा ५जीउपयोगिताको वातावरण र उत्कृष्ट ५जीएप्लिकेशन्सहरु प्रस्तुत हुनेछन् र तीनले प्रयोगकर्तालाई बहुआयामिकअनुभवदिनेमाहामीविश्वस्त छौँ’, ओपो रिसर्च ईन्स्टिच्यूटका प्रमुख लेभिन ल्यूले भने।
५जी ईकोसिस्टम निर्माणका लागिओपोले क्वालकम, नेटवर्क पूर्वाधार निर्माता, दूरसञ्चार सेवाप्रदायकलगायतअन्य सप्लाई चेन पार्टनरहरु संग आफ्नो सहकार्य थप सुदृढ बनाउदै लगेको छ । चीनमा ५जीउपकरणको ब्यवसायीकरणमा तिब्रताका लागि ओपोले चाइनामोबाइल सँग सहकार्य गरिरहेको छ।
त्यसैगरी चाइनामोबाइलको ‘५जी डिभाइस फोर रनर ईनिसिएटिभ’ मार्फत ५जी ईको सिस्टमको निर्माण गर्ने छ। चीन बाहिर भने ओपो यूरोप, अष्ट्रेलिया तथा अन्य ओभरसिज बजारसँगै अर्को वर्ष व्यापारिक रुपमा ५जी उत्पादन सार्वजनिक गर्ने योजनाका अगाडि बढ्ने ओपोले जनाएको छ।