
धनगढी-नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडलाई सुदूरपश्चिम प्रदेश सरकारले बधाई तथा सम्मान गरेको छ।
शुक्रवार आइडल भएपछि पहिलो पटक सोमबार गृह क्षेत्रमा आएका ओडलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले बधाई तथा सम्मान गरेको हो।
मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकाश मन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड, प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ लगायतले सम्मान गरेका थिए।
सो क्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल आईडल बनेकोमा बधाई दिँदै आगामी दिनमा पनि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
उनले गीत संगीतका माध्यमबाट सुदूरपश्चिम हुँदै देशलाई चिनाएकोमा रविलाई विशेष धन्यवाद दिए।
बधाई तथा सम्मान कार्यक्रममा रविले आफूलाई आइडल बनाउने सम्पूर्णलाई धन्यवाद दिए। उनले भने ‘तपाईहरुले भोट दिएर मलाई नेपाल आइडल बनाउनुभयो।तपाईको अपेक्षा मर्न दिने छैन। अब योजनासहित संगीत क्षेत्रलाई कर्म बनाएर अगाडि बढ्छु।’