गाउँपालिकाकी उपाध्यक्षको आरोप

‘प्रशासकीय अधिकृत र वडाध्यक्षको मिलेमतोमा भ्रष्टाचार भयो’

‘प्रशासकीय अधिकृत र वडाध्यक्षको मिलेमतोमा भ्रष्टाचार भयो’
+
-

धनगढी – कैलालीको मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पूजादेवी बुढामगरले गाउँपालिकामा आर्थिक अनियमितता भएको आरोप लगाएकी छन् ।

उनले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त ओझा र तीनजना वडाअध्यक्षहरुको मिलेमतोमा आर्थिक अनियमितता भइरहेको आरोप लगाईन् ।

गाउँपालिकाको कार्यालयबाट झण्डै ७५ किलोमिटर टाढा जिल्लाको सदरमुकाम आएर मंगलवार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष बुढामगर र कार्यपालिकाका सदस्य बिशाल पहराइले प्रमुख प्रशासकीय अधिकृत र तीनजना वडाअध्यक्षले मिलेमतोमा अनियमितता गरको आरोप लगाएकी हुन् ।

गाउँपालिकाका योजनाहरु अनुगमन गर्नका लागि छुट्ट्याइएको ३५ लाख रुपैयाँ एक पटक मात्र सडक आयोजनाको अनुगमन गरी सकिएको उपाध्यक्ष बुढामगर र कार्यपालिका सदस्य पहराईको जिकिर छ ।

बाटोको मात्रै अनुगमन भएको र अन्य योजनाको अनुगमन नै नगरी खर्च भएको देखाइएको उपाध्यक्ष बुढामगरको आरोप छ । उनी आफै अनुगमन समितिको संयोजक पनि हुन् तर एकपटक भन्दा धेरै अनुगमन नभएको उनले बताएकी हुन् ।

त्यस्तै कार्यपालिका सदस्य पहराईले बजेटको खर्चबारे सार्वजनिक सुनुवाई गर्न माग गर्दा प्रमुख प्रशासकीय अधिकृत ओझाले कानूनमा त्यो व्यवस्था नभएकोले जरुरी नभएको जवाफ दिँदै अटेर गरेको आरोप लगाए । गाउँ कार्यपालिका र गाउँसभाको निर्णय पश्चात पनि गाउँपालिकाको कार्यालय खिमडीमा स्थापना नभएको उपाध्यक्ष बुढामगरले बताए ।

उनले अहिले पनि कार्यालय धनगढी तारानगरको एक कोठामा रहेको बताए । कार्यालय सार्न पटक पटक भन्दा समेत विभिन्न बाहाना बनाएर प्रमुख प्रशासकीय अधिकृत ओझाले सार्न अटेर गरिरहेको उनको आरोप छ ।

कार्यालय सार्न नमानेको र आर्थिक अनियमितता भएको बिषयमा कुरा गर्न खोज्दा प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त ओझाले आफूमाथि लगाइएका आरोपहरु निराधार भएको बताए । उनले उपाध्यक्ष बुढामगरकै नेतृत्वमा ३० वटा आयोजनाको अनुगमन गरिएको र सो अनुगमन पुस्तिकामा उपाध्यक्ष समेतको हस्ताक्षर रहेको दाबी गरे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?