फेवातालका रुख काट्ने लिटरेचर फेस्टिवल आयोजकलाई जरिवाना

फेवातालका रुख काट्ने लिटरेचर फेस्टिवल आयोजकलाई जरिवाना
+
-

पोखरा – आइएमई प्रायोजित नेपाल लिटरेचर फेस्टिवल आयोजनाका क्रममा फेवाताल किनारमा रुख काट्ने आयोजकलाई जरिवाना गरिएको छ। पोखरास्थित फेवा किनारमा रहेका रुखको हाँगा सम्बन्धित निकायको अनुमति नलिई काटेपछि आयोजना कारबाहीमा परेको हो।

गत शनिबारदेखि चार दिनसम्म आयोजना गरिएको फेस्टिवलमा फेवाताल किनारको सुन्दरता बिग्रने गरी रुखका हाँगा काटेको आरोपमा पोखरा महानगरपालिका–६ नम्बर वडा कार्यालयमा उजुरी परेपछि आयोजकलाई जरिवाना गरिएको हो।

नागरिक समाज पोखराको संयोजक विष्णुहरि अधिकारीले पोखरा महानगरपालिका कार्याृलयलाई बोधार्थ दिँदै ६ नम्बरका वडा अध्यक्षलाई उजुरी दिएका छन्। बाराहीघाट नजिक रहेको चौरमा फेस्टिवल आयोजना गरिएको थियो। मञ्च निर्माणका क्रममा फेवाताल किनारका फूलसँगै रुखका हाँगा काटेर तालको दृष्य पनि देखिने बनाइएको थियो।

फेस्टिवल आयोजक बुकवर्म फाउण्डेशनले अनुमति नलिई रुखका हाँगा काटेपछि अधिकारीसहितका नागरिक अगुवा वडा कार्यालय पुगेका थिए।

वडा अध्यक्ष जगतबहादुर पहारीद्वारा जारी विज्ञप्तिमा नेपाल ट्रष्टको अधिनमा रहेको ग्राउण्डमा सातौँ लिटरेचर फेस्टिवल सञ्चालन गर्ने क्रममा रुख काटिएपछि १० हजार रुपैयाँ जरिवाना गरिएको उल्लेख छ।

‘फेस्टिवल सञ्चालन गर्ने क्रममा तालको सिन खुल्ला गराउने भन्ने कुरामा भुलवु किनारका रुखहरु काटिन गएकाले उक्त संस्थाबाट १० हजार रुपैयाँ क्षतिपूर्तिवापतको रकम प्राप्त गरी यो भर्पाई दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?