
अ
+
अ
अ
-
पोखरा – नेकपाकी सांसद एवं गायिका कोमल ओली पोखरामा जारी सडक महोत्सवमा सहभागी भएकी छिन्। यसअघि पनि थुप्रै संस्करणहरुमा उनी आइसकेकी छिन्।
सांसद भएपछि उनी पहिलो पटक मञ्चमा देखा परेकी हुन्। पोखरा सडक महोत्सवको मञ्चमा शनिबार उनले दर्शकहरुलाई मजाले नचाइन्। उनले आफु कलाकार भएकै कारण सांसद बनेको पनि प्रष्ट पारिन्।
रेवान पोखराको आयोजनामा शुक्रबारदेखि सुरु भएको महोत्सवका शनिबार दिउसो कोमागाने पार्कमा लोकदोहोरी कलाकारहरुको प्रस्तुतिमा दर्शक रमेका थिए। त्यस्तै शनिबारनै डुंगा दौड प्रतियोगिता पनि सम्पन्न भएको छ।
सडकमै खाऔँ, सडकमै नाँचौ, सडकमै रमाऔँ भन्ने मूलनाराका साथ पोखरा र यस क्षेत्रको कला, संस्कृति, भेषभूषा जगेर्ना गर्दै आन्तरिक एवम् बाह्य पर्यटक प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले आयोजित महोत्सव पुस १७ गतेसम्म चल्नेछ।