प्रजनन् स्वास्थ्य प्रवर्द्धन गर्न ‘खुल्दुली’ एप्स

प्रजनन् स्वास्थ्य प्रवर्द्धन गर्न ‘खुल्दुली’ एप्स
+
-

पोखरा – किशोरावस्थाको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्द्धन गर्न स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) र जर्मन विकास सहयोग (जिडिसी) को सहयोगमा निर्मित ‘खुल्दुली’ मोबाइल एप्स पोखरामा सार्वजनिक गरिएको छ ।

किशोरकिशोरीको स्वास्थ्यसम्बन्धी सही सूचना प्रदान गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन सहयोग गर्ने उद्देश्य राखिएको सो एप्सको पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक खेम खड्काले शुभारम्भ गरे।

एप्समार्फत किशोरावस्थाको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सूचना सजिलो, विश्वसनीय, गोप्य र जोखिमरहित लिन सकिने भएकाले उनीहरूलाई आफ्नो स्वास्थ्य तथा जीवन समृद्ध बनाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।

किशोरावस्थाका युवामा कलिलै उमेरमा विवाह हुने, छिटो तथा अनिच्छित गर्भाधारण हुने, यौन रोग, एचआइभी एड्स, लागुऔषध, कुपोषणजस्ता समस्यापर्ने गरेको वास्तविकतालाई दृष्टिगत गरी ती सबै समस्याबारे सही सूचना प्राप्त गर्न सहयोग गर्ने उद्देश्यका साथ एप्स तयार गरिएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएपपीए)का पैरवी तथा सञ्चार अधिकृत सन्तोष क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा रहेको एप्स एन्ड्रोइड सिस्टममा सञ्चालित सम्पूर्ण मोबाइलको प्ले स्टोरबाट इन्टरनेट सेवामार्फत डाउनलोड गर्न सकिन्छ। डाउनलोड भएपछि भने इन्टरनेट सुविधा नभए पनि एप्स हेर्न सकिने क्षेत्रीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?