संघीयताविद भन्छन्, 'संघीयताको मर्म बुझ्न/बुझाउँन बाँकी'

जेलबाट छुटेका मेयरका लागि हेलिकप्टर चार्टर र सार्वजनिक बिदा

जेलबाट छुटेका मेयरका लागि हेलिकप्टर चार्टर र सार्वजनिक बिदा
+
-

काठमाडौँ – इन्डोनेसियामा सुनामीका कारण भएको क्षतिमा समवेदनाको सट्टा राष्ट्रका तर्फबाट बधाई सन्देश पठाएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र उनको सचिवालयका कर्मचारीहरुबारे सामाजिक सञ्जालमा आलोचना हुने क्रम रोकिएको थिएन ।

सरकारले यो हदसम्मको लापरवाही गर्ने कर्मचारीलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको बताइरहेका बेला यातायात व्यवस्था कार्यालयबाट सार्वजनिक भएको विज्ञप्तिमा पनि उस्तै खालको कमजोरी भएको विषय बाहिर आयो ।

यी दुवै विषयमाथि टिप्पणीको ओइरो लागिरहेका बेला जेलबाट छुटेका मेयर हेलिकप्टर चार्टर गरेर गाउँ गएको र उनको स्वागतमा नगरपालिकाले सार्वजनिक बिदा दिएको विषयले सामाजिक सञ्जाल अझ तताएको छ । यसलाई धेरैले ‘संघीयताको दुरुपयोग’ भनेर टिप्पणी गरिरहेका छन् ।

सर्वोच्च अदालतबाट सफाइ पाएको भोलिपल्ट काशी तिवारी हत्यामा आरोपित रौतहट कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाह हेलिकप्टरमा रौतहट पुगेका थिए ।

जेलबाट छुटेका मेयरलाई गृहनगरमा भव्य स्वागत गर्न उनी निर्वाचित नगरपालिकाले नगरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
रमाइलो कुरा त के भने कुशवाहलाई काठमाडौँबाट हेलिकप्टर चार्टर गरेर लैजाने व्यक्ति उनीसँगै ५ सय ५१ मतले चुनाव हारेका निकटतम प्रतिद्वन्द्वी अजय साह थिए । हेलिकप्टर चार्टर गर्दा आफूले व्यक्तिगत र नगरपालिकाका तर्फबाट एक रुपैयाँ पनि खर्च नगरेको मेयर कुशवाहको दाबी छ ।

‘म जेलबाट छुटेपछि उहाँ (अजय साह) ले हेलिकप्टर चार्टर गरेर गाउँ जाने बन्दोबस्त मिलाउनुभएको रहेछ, हेलिकप्टर चढेर हामी पहिले उहाँकै घरमा गएका थियौँ, त्यहाँ खुशीयालीमा मिठाई बाँडियो, त्यसपछि गाउँलेलाई भेट्न गएका थियौँ, मेरो व्यक्तिगत र नगरपालिकाका तर्फबाट यसमा एक रुपैयाँ पनि खर्च भएको छैन’, कुशवाहले भने ।

नेपाली कांग्रेसका स्थानीय नेता अजय साह स्थानीय तह निर्वाचनमा कुशवाहकै प्रमुख प्रतिद्वन्द्वी उम्मेदवार थिए । उनै साहले डिल्लीबजार जेलबाट छुटेपछि हेलिकप्टर भाडामा लिएर कुशवाहलाई गृहनगर लगेका हुन् । कांग्रेसबाट धोका भएपछि नगरको विकास गर्न निर्वाचित मेयरसँग हातेमालो गरेको उनले बताए । आफू जिल्लाको उद्योगपति भएकाले हेलिकप्टर चार्टर गर्नुलाई ठूलो विषय बनाउन नहुने पनि उनले बताए ।

‘हेर्नुस म जिल्लाको उद्योगपति हुँ, कुशवाह जी जेलबाट छुटेपछि अब नगरको विकासमा सजिलो हुन्छ भन्ने लाग्यो, गाउँमा स्वागत गर्न हेलिकप्टर चार्टर गरे, यसलाई ठूलो विषय किन बनाइँदैछ मैले बुझिरहेको छैन’ साहले भने । उनले विगतमा कांग्रेसबाट आफूलाई धोका भएको पनि बताए ।

एक त जेलबाट छुटेका मेयर हेलिकप्टर चार्टर गरेर गाउँ जानु, त्यसैमा उनको स्वागत गर्न नगरपालिकाले दिएको सार्वजनिक बिदा । यो घटनालाई संघीयताविदले अराजकताको पराकाष्ठा भनेका छन् । संघीयताबारे बुझ्न र बुझाउन नसकिएका बेला घटेका यस्ता घटनाले जनतामा निराशा पैदा गर्ने संघीयताविद खिमलाल देवकोटाको टिप्पणी छ ।

‘हामीले संघीयताको मर्म बुझ्न सकिरहेका छैनौँ, यस्ता क्रियाकलापहरुले जनतामा थप निराशा पैदा गरिरहेको छ, यसबारे समयमै सोच्न जरुरी छ’, उनले भने, ‘मुलुकमा संघीयता आएपछि गाउँ गाउँमा सिंहदरबार पुगेको भन्दै जनतामा खुशीयाली छाएको थियो । तर अहिले अपेक्षा अनुसार काम हुन नसकेको भन्दै जनता निराश छन् । यस्तो बेला जनमुखी कार्यक्रमहरु सञ्चालन गरेर जनतामा आशा जगाउनुको साटो विरोधाभास र अलोकप्रिय काम तथा निणर्यहरु गरेर स्थानीय तहले जनतामा संघीयताप्रति थप निराशा छाउने काम गर्नु हुँदैन ।’

तर यता कटहरिया नगरपालिकाकाले भने आइतबार घोषणा गरिएको सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिइएको र विद्यालय तथा कार्यालयहरु सञ्चालनमा आएको दाबी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदयप्रसाद देवकोटाले निर्णय गर्दा गल्ती कमजोरी भएको महसुस भएपछि बिदा दिने निर्णय फिर्ता लिएको बताए । 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’