वैज्ञानिक ढंगले सीमा व्यवस्थित गरिँदै

वैज्ञानिक ढंगले सीमा व्यवस्थित गरिँदै
+
-

धनगढी – नेपाल र भारतका नागरिकबीच सीमामा हुने विवादको अन्त्यका लागि वैज्ञानिक ढंगले सीमा व्यवस्थित गर्ने कार्य सुरु भएको छ । कैलाली र कञ्चनपुर जिल्लामा भारतसँग जोडिएको सीमा क्षेत्रमा यसरी प्रविधिको प्रयोग गरी सीमालाई व्यवस्थित गर्ने काम सुरु भएको हो ।

सीमामा नेपाल र भारतकाबीचमा भएका विभिन्न सन्धिहरुका आधारमा वैज्ञानिक ढंगले व्यवस्थित गर्न दुई हप्ताअघि देखि काम सुरु भएको सीमा सर्भेक्षण टोली नम्बर ४ का प्रमुख नापी अधिकृत जनकराज भट्टले बताए ।

नेपाल र भारत दुवैतर्फका टोलीले सीमा व्यवस्थित गर्ने काम गरिरहेको उनले जानकारी दिए ।सीमामा काम भइरहेको सम्बन्धमा जानकारी दिन जिल्ला प्रशासन कार्यालय कैलालीमा सरोकारवालहरुसँग छलफल गरेको टोलीले जिपिएस पद्धतिको प्रयोग गरी सीमा स्तम्भहरु मर्मत गरिने जनाएको हो ।

कैलाली जिल्लामा रहेका जम्मा २ सय ८२ वटा सीमा स्तम्भहरु मध्ये मुख्य २१ स्तम्भ र १ सय १२ सहयायक स्तम्भ हराइरहेकोले प्रविधिको सहयोगमा ती सबै पुनर्निमार्ण गरिने जानकारी सीमा सर्भेक्षण टोली नम्बर ४ ले दिएको छ । सीमा व्यवस्थित गर्न विभिन्न चरणमा काम भइरहेको जानकारी दिँदै सर्भेक्षण टोलीका नापी अधिकृत कमल शाहीले बिस्तृत सर्वेक्षणका काम सुरु गरिएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले सीमाको मुद्धा राष्ट्रिय स्वाधीनतासँग जोडिएकोले यसमा व्यवस्थित रुपमा काम भइरहेको बताए । सीमा सर्भेक्षणको काम गरिरहेको टोलीलाई आवश्यक सुरक्षा दिइरहेको सशस्त्र प्रहरीको ३४ नम्बर गणका निमित्त प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक बिष्णु प्रसाद भट्टले बताए ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?