जलश्रोतको धनी देश तर खानेपानीका लागि भारत जान बाध्य छन् नागरिक

जलश्रोतको धनी देश तर खानेपानीका लागि भारत जान बाध्य छन् नागरिक
+
-

दाङ–ढुंगा उत्खनन्ले कोइलावास खोला गहिरिएको छ । कुनै समय खोलाको पानी सहजै उपभोग गर्न सक्ने यहाँका नागरिकलाई खोला गहिरिएपछि पानी उपभोगमा समस्या परेको छ । अनियन्त्रित ढुंगा उत्खननले खोला गहिरिएपछि त्यसको असर पानीको स्रोतमा देखीन पुग्यो । कुवा र नल्का सबै सुके । अब यहाँका बासिन्दालाई खानेपानीको लागि भारतको भर पर्नुपरेको छ ।

कोइलावासमा रहेको सुकेको कुवा

कोइलावासमा रहेको सुकेको कुवाभारतीय सीमा सुरक्षा बल एसएसबिको क्याम्पबाट पानी ल्याएर नागरिक र सीमा सुरक्षा गर्न खटिएका नेपाली सुरक्षाकर्मीले पानी खानु परेको छ । कोइलावासमा भरपर्दो पानीको स्रोत नहुँदा भारतीय सीमा सुरक्षा बल एसएसबीको क्याम्पबाट पानी बोकेर खानुपर्ने बाध्यता रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट कोइलाबासका प्रमुख ईश्वरप्रसाद खनालले बताए । ‘भरपर्दाे पानीको स्रोत छैन् । पहिले दखिनै एसएसबीले उपलब्ध गराएको पानी खाने गरिएको छ’उनले भने–‘गर्मी सिजनमा त झनै असहज हुन्छ ।’

कोइलावासमा पानीको स्रोत खोजी गर्ने काम गरिएको गढवा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष सद्धाम सिद्धिकीले बताए ।‘सीमा विकास कार्यक्रमबाट ३० लाखको लगानीमा डिप बोरिङ्ग गाडेका छौं । २ ईञ्च पानी आएको छ’उनले भने–‘यो पानीलाई पानी ट्याङकीमा जम्मा गरेर पाइप विस्तार गरेर उपभोक्ता माझ पुर्‍याउन बजेट नहुँदा समस्या परेको छ ।’

खानेपानीका लागि भारतीय सीमा सुरक्षा बल एसएसबिको क्याम्पमा लाइन लागेका कोइलावासका स्थानीय बासिन्दा, तस्बिरः दशरथ घिमिरे/ देश सञ्चार

एक सय ७५ मिटर गहिरो पाइप गाडिएको छ । ढुंगा उत्खनन् गरेर भारत निकासी भएपछि खोला गहिरिन पुग्दा जमिन मुनिको पानी समेत घटेको छ । जसको असर जमिन मुनीको पानी समेत घट्न पुगेको छ ।‘पुराना कुवामा पानी सुकेको छ । यो डिप बोरिङ्गबाट पानी प्रशस्त आएको छैन्’स्थानीय संगिता कहरले भनिन्–‘जनसंख्या बढ्यो भने यो पानीले पनि पुग्दैन् ।’ कोइलावासमा अहिले मानव जनघनत्व निकै कम छ । यो नाका सञ्चालनमा आएमा जनघनत्व बढ्न सक्ने र पानीको चरम संकट उत्पन्न हुन सक्ने देखिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?