महानगरलाई व्यवस्थित बनाउने अभियान

पोखराका दुई स्थानमा आकाशे पुल, महानगरले थाल्यो काम

पोखराका दुई स्थानमा आकाशे पुल, महानगरले थाल्यो काम
+
-

पोखरा – कास्कीको पोखराकै अति व्यस्त मानिने दुई स्थान पृथ्वीचोक र सिर्जनाचोकमा पैदलयात्रीहरुको आवागमनमा सहजता ल्याउन आकाशे पुल निर्माण गरिने भएको छ।

पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७५/०७६ भित्र नै काम थाल्ने गरी आकाशे पुल निर्माण गर्ने भएको हो। पुल निर्माणका लागि आवश्यक इस्टिमेट बजेट तयार गरिरहेको महानगरले आउँदो महिनाभित्रमै टेण्डर सूचना प्रकाशन गर्ने जनाइएको छ।

झण्डै १ करोड ८० लाख रुपैयाँ लागतमा सिर्जनाचोकमा र २ करोड ४१ लाख रुपैयाँ लागतमा पृथ्वीचोकमा आकाशे पुल निर्माण गर्न सकिने प्रस्तावित बजेट तयार गरिएको नगर प्रमुखका स्वकीय सविच लक्ष्मण तिमिल्सिनाले जानकारी दिए।

सिर्जनाचोकमा निर्माण हुने आकाशे पुलका लागि कास्की क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सांसद एवं हालका पर्यटन, संस्कृति एवं नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले संसद विकास बजेट कार्यक्रम अन्तर्गत ५० लाख विनियोजन गरिसकेका छन्।

चालु आर्थिक वर्ष २०७५/०७६ मा ओभरहेड पुल, सब–वे अध्ययन डिजाइन र निर्माण शीर्षकमा महानगरको पूर्वाधार विकास कार्यक्रममा १ करोड रुपैयाँ विनियोजन गरिएको थियो।

महानगरले वि.सं. २०६६ सालदेखि पोखरामा आकाशे पुल निर्माणका लागि नगरपरिषद् बैठकद्वारा निर्णय गर्दै आएको भएपनि जनप्रतिनिधि चुनिएर आइसकेपछि मात्रै यस एजेण्डाले गति लिएको हो।

पैदलयात्रीहरुलाई बाटो काट्न बनाइएको जेब्राक्रस मौसमी प्रभावका कारण छिटै मेटिने भएकाले जथाभावी बाटो काट्न बाध्य बटुवालाई राहत मिल्ने भएको छ। साथै, ट्राफिक व्यवस्थापनमा पनि थप सहज हुने विश्वास लिइएको महानगरले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?