आम आदमी पार्टीका वरिष्ठ नेता तथा वकील एच एस फूलकाले पार्टी परित्याग गरेका छन् । फूलका पछिल्लो तीन दशकदेखि अदातमा १९८४ मा भएको सिख विरोधी दंगाको केसमा वकालत गरिरहेका छन् ।
फूलकाले दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविंद केजरीवाललाई आफ्नो राजीनामा वत्र बुझाएका छन् ।
उनले ट्वीट गरेर पनि आफूले राजीनामा दिएको जानकारी दिएका छन् । राजीनामाको कारण भने शुक्रबार दिल्लीको प्रेस क्लबमा पत्रकार सम्मेलनमार्फत दिने उनले जानकारी दिएका छन् ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































