गायक पोखरेलको ‘कति राम्री’ गीत सार्वजनिक

गायक पोखरेलको ‘कति राम्री’ गीत सार्वजनिक
+
-

अस्ट्रेलियालाई सन् २००९ देखि कर्मथलो बनाएका गायक ईश्वर पोखरेलले ‘कति राम्री’ बोलको गीत सार्वजनिक गरेका छन् ।

करिब दुई दर्जनभन्दा बढी गीत रेकर्ड गराइसकेका गायक पोखरेलले ‘शीतल’ र ‘अराइज’ नामक दुई शोलो एल्बमका साथै अष्ट्रेलियाबाटै सामूहिक गीतिएल्बम ‘उडान’ पनि दुई वर्षअगाडि रिलिज गरिसकेका छन् ।

विदेशमा रहे पनि गीतसंगीतमा निरन्तर सक्रिय रहँदै आएका गायक ईश्वर पोखरेलका रातो रिबन, काली मोरी, तिमी छैनौं त छैन शीतल, मैले झैं मर्नेबारे सोध्छौ होला, कति बज्यो भनेर सोधम् कि आदि चर्चित गीत हुन् ।

अस्ट्रेलियामा हुने धेरै संगीतिक कार्यक्रमका साथै समाजसेवामा समेत सक्रिय सहभागी भइरहने गायक पोखरेल अन्तर्रास्ट्रिय नेपाली कलाकार समाज ‘अस्ट्रेलिया ईनास’ मा पनि सल्लाहाकारको रूपमा आवद्ध छन् ।

ईश्वर पोखरेलको पछिल्लो गीत ‘कति राम्री’ मा एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत रहेको छ । सुनिल क्षेत्रीको निर्देशन रहेको उक्त गीतको म्यूजिक भिडियोमा रविन भुजेल र सारा श्रृपालीको अभिनय रहेको छ भने ‘नेपाली ठिटोज’ समूहले साथ दिएका छन् ।

यो गीत गायकले आफ्नै आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन् । ‘कति राम्री’ गीतमा नेपालको प्राकृतिक सौन्दर्यसँग आफ्नी प्रेमिकालाई दाँज्ने प्रयत्न गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?