लागुऔषध र विभिन्न देशको मुद्रासहित एक युवक पक्राउ

लागुऔषध र विभिन्न देशको मुद्रासहित एक युवक पक्राउ
+
-

वीरगञ्ज – सशस्त्र प्रहरीले वीरगञ्जबाट लागुऔषध र विभिन्न देशको मुद्रासहित एक युवकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीले काभ्रेको पनौती नगरपालिका–५ बस्ने २४ वर्षीय रामकृष्ण राउतलाई पक्राउ गरेको हो।

पक्राउ परेका राउतको साथबाट प्रहरीले लागुऔषध नाइट्रोपाइम १० एमजीको ३ सय ५ गोटा, नेपाली एक सय १२ रुपैयाँ, मलेसिया रिङ्गगेट १, कतार रियाल १, चिनियाँ यान १, आइफोन १ थान, सामसुङ किप्याड मोबाइल १ थान र मोबाइल चार्जर १ थान बरामद गरेको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६, भन्सार मुलगेटस्थित रहेको सशस्त्र प्रहरी गुल्मले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा राउतलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

लागुऔषध र विभिन्न देशको मुद्रासहित पक्राउ परेका राउतलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?