मफलरः जाडोमा सुरक्षा पनि, फेसन पनि

मफलरः जाडोमा सुरक्षा पनि, फेसन पनि
+
-

काठमाडौँ – मध्य पुसको जाडो। न्यूरोडको एक पसलमा भेटिइन्, लगनखेलकी मञ्जु बिष्ट। उनी आफ्नो लागि केही न्यानो कपडा खरिद गर्न त्यहाँ आएकी थिइन्। मञ्जुको रोजाइ र प्राथमिकतामा अन्य सामग्रीसँगै मफलर पनि थियो।

‘दिदी मलाई मफलर देखाउनुस् न, लगाउँदा राम्रो पनि देखियोस्, र न्यानो पनि होस्,’ मञ्जुले पसल सञ्चालकलाई भनिन्।

मञ्जु एउटी साथी लिएर त्यहाँ पुगेकी थिइन्। तर, भनेजस्तो मफलर नपाएपछि उनीहरु त्यहाँबाट बाहिरिए। चिसो बढ्दै जाँदा मफलरको माग बढेको कपडा व्यवसायी सरिजा श्रेष्ठले बताइन्। उनी भन्छिन्, ‘एकदिनमा तीन वटासम्म मफलर बिक्री हुन्छ, अघिल्ला वर्षहरुमा यो धेरै व्यापार हुन्थ्यो, अहिले ठिकै छ।’

दिन–प्रतिदिन चिसो बढ्दै छ। न्यानो कपडाको खरिद–बिक्री पनि निकै बढेको व्यापारीहरु बताउँछन्। न्याना कपडामध्ये अहिले युवायुवतीबीच निकै लोकप्रिय मानिन्छ मफलर। तातोका लागि होस् वा फेसनका लागि मफलर अधिकांश युवाले काँधमा भिरेकै हुन्छन्।

पसलमा बिक्रीका लागि सजाएर राखिएका मफलर, तस्बिरः पूर्णीमा बिक, देश सञ्चार

यति मात्र होइन, बागबजारका केही व्यापारी त आफु पनि प्रयोग गर्छन्। ‘यो जाडो छेक्ने कपडा मात्रै होइन, स्टाइल पनि हो,’ उनीहरु भन्छन्।

बागबजारका व्यापारी शेषनारायण पाण्डे भन्छन्, ‘अहिले मफलरको लोकप्रियता बढेको छ, व्यापारमा पनि औसत छ। उनका अनुसार ग्राहकहरु मफलर किन्न आउँछन्, उनीहरु राम्रो खोज्छन्, त्यसका साथसाथै सस्तो पनि। त्यसैले अहिले उनले सीमित संख्यामा गुणस्तरीय मफलर राख्ने गरेका छन्।

पछिल्लो समय मानिसहरुमा फेसनप्रतिको चासो र आकर्षण पनि बढ्दो छ। सौन्दर्य चेतनामा बढ्दो लहर र फेसनप्रतिको मोहले पनि मफलरलाई आकर्षक पहिरनको रुपमा दिन थालिएको छ।

पुतलीसडककी व्यापारी सुजु श्रेष्ठ पनि अहिले जाडोको कपडासँगै मफलरको बिक्री गरिरहेकी छिन्। ‘ग्राहकहरुको माग राम्रो छ, मफलरको बिक्री माग जाडोसँगै बढेको छ।’

सुजुकै पसलमा मफलर किन्न आएकी सिरिया थापाले केही वर्षयता बजारमा न्यानो र स्टाइलिस मफलरहरु पाइन थालेको बताइन्। उनी भन्छिन्, ‘तर, म आफूलाई न्यानो हुने मफलर मात्र प्रयोग गर्छु।’

चिसोमा मानिसहरुलाई राम्रो देखिनुपर्ने र न्यानो पनि चाहिने। तर, राम्रो हुने बहानामा सबैले आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्ने उनको धारणा छ।

त्यस्तै, न्यूरोडकी व्यापारी अञ्जली याख्खाले बजारमा अहिले मफलरको माग बढेको बताइन्। ‘आफुलाई चिसोबाट जोगाउन अरु न्यानो लुगा लगाएपनि घाँटीबाट बढी चिसो लाग्ने भएकाले मफलर सबैको रोजाई बनेको हो,’ उनले भनिन्।

तर, अरु लुगाको तुलनामा मफलरको मूल्य भएको उनी बताउँछिन्। बजारमा मफलरको मूल्य तीन सय ५० देखि दुई हजार रुपैयाँसम्म पर्ने व्यापारीहरु बताउँछन्। ग्राहकहरुमा सबैभन्दा बढी विद्यार्थीहरु रहेको याख्खा बताउँछिन्।

चिसो मौसममा न्यानो नभए विभिन्न रोगहरुको संक्रमण हुन सक्ने धारणा काडाँघारीकी नवीना बडुको छ। उनी भन्छिन्, ‘जाडोबाट जोगिन न्यानो लुगा साथै उलनको मफलर लाउने गरेकी छु।’

फेसन डिजाइनमा २३ वर्ष अनुभव बटुलेकी फेसन डिजाइनर अमिका श्रेष्ठ अन्य लुगाको छनोट गरेजस्तै मफलरको पनि सही छनोट गर्न जान्नु पर्ने बताउँछिन्।

‘हाम्रा ग्राहकको के चाहना छ भने महँगो लुगा र अरुलाई सुहाएको लुगा आफुलाई पनि सुहाउँछ भन्ने बुझाई। तर, त्यस्तो हुँदैन।’ उनका अनुसार विशेषगरी आफ्नो शारीरिक बनावटलाई ध्यान दिएर छनोट गर्दा राम्रो हुन्छ। मफलरको कुरा नि त्यस्तै हो।

मोटो शरीर भएकाले प्रिन्टेड र सानो चेक भएका मफलर लाउदा राम्रो तथा पातलो शरीर भएकाले उलनको मफलर र ठूलो चेक भएको मफलर लाउँदा राम्रो देखिने फेसन डिनाइनर श्रेष्ठ बताउँछिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?