उमेर ढल्किँदा पनि सन्तान् पाउन बाध्य छन् महिला

उमेर ढल्किँदा पनि सन्तान् पाउन बाध्य छन् महिला
+
-

दाङ – तारा गाहा मगरको उमेर ४० वर्ष भयो । उनका चार छोरी र दुई छोरा छन् । छोरीको विवाह गरेर नातिना समेत देखिसकेकी छन् । सानै उमेरमा विवाह गरेकी तारा धेरै सन्तान जन्माउँदा अहिले थलिएकी छन् ।

‘महिनावारी हुँदा रक्तश्राव रोकिँदैन’, उनले भनिन्, ‘परिवार नियोजनको लागि सुई लगाएको थिए । त्यसले असर गर्यो कि? अहिले लगाउनै छाडे ।’

राप्ती गाउँपालिका वडा नम्बर ९ देविकोट, घोँसखोलाका महिला उमेर ढल्किँदा पनि सन्तान पाउन बाध्य छन् ।

दुई वर्ष अघि घोसखोला निवासी एक महिलाले ४० वर्षको उमेरमा घरमै बच्चा जन्माइन् । अत्यधिक रक्तश्रावका कारण उपचारका लागि ल्याउदै गर्दा आमाको मृत्यु भयो । एउटा बच्चाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो भने अर्को बच्चालाई आफन्तले लगेका थिए ।

‘परिवार नियोजनको साधनहरु कम प्रयोग गर्ने गरिएको पाइयो । यस्तो हुँदा अनिच्छित गर्भधारण हुने हुन्छ’,राप्ती गाउँपालिकाका डाक्टर पुष्प भुसालले भने, ‘बिकट बस्तिहरुमा परिवार नियोजनको साधनको प्रयोग र उपयोगीता बारे बताउन जरुरी छ । कम उमेरमा बिवाह गर्ने, कम उमेरमै सन्तान जन्माउने दर यहाँ बढी छ ।’

जन्मान्तर कम्तीमा तीन वर्ष हुनुपर्ने हो तर, हरेक बर्ष बच्चा जन्माउने आमाहरु अझै छन् । यसरी बच्चा जन्माउदा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा परिरहेको डाक्टर भुषालले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?