मन्त्री अर्यालले गराइन् आँखा चेकअप

आँखा अस्पताललाई जग्गा व्‍यवस्थापन गर्न सरकार तयार- मन्त्री अर्याल

आँखा अस्पताललाई जग्गा व्‍यवस्थापन गर्न सरकार तयार- मन्त्री अर्याल
+
-

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पद्‌माकुमारी अर्यालले नेपाल आँखा अस्पताललाई जग्गा व्‍यवस्थापनमा सरकार समन्‍वयकारी भूमिका निर्वाह गर्न  तयार रहेको बताएकी छिन्।

अस्पतालको ओपीडी हलको सोमबार उद्‌घाटन गर्दै मन्त्री अर्यालले भनिन्, ‘केही महिना अगाडि म राज्य तथा स्वास्थ्यमन्त्री भएर काम गर्ने क्रममा यस अस्पताल अवलोकनका साथै आफ्नो चेकअपका लागि पुगेकी थिएँ। चार महिनापछि यहाँ आउँदा सबै परिर्वतन भएर राम्रो भएको रहेछ।’

त्रिपुरेश्वर आँखा अस्पतालमा आँखा जाँच गर्दै मन्त्री पद्माकुमारी अर्याल। तस्बिरहरु: प्रतिभा चन्द

मन्त्री पद्माकुमारी अर्यालले आफ्नो आँखा चेकअप समेत गराएकी छिन्। उनले नेपाल आँखा अस्तालतको सेवा शुल्कमा अन्य आँखा अस्पतालको तुलनामा कम रहेको बताउँदै गरिब, विपन्‍न वर्गका लागि अस्पतालले निःशुल्क सेवा प्रदान गर्न सके अझ धेरै विरामीहरुले लाभ लिन सक्ने बताइन्।

त्यस्तै अस्पतालका डाइरेक्टर डाक्टर कमल खड्काले राजधानीलाई दृष्टिविहीन निवारण बनाउने लक्ष्यले उपत्यकाका चार स्थलमा स्याटलाइट उचार केन्द्र सञ्चालन गरिरहेको बताए। उनका अनुसार विगत एक वर्षदेखि उपत्यकाका थानकोट, टोखा, साँखु र खोकनामा स्यालटलाइट उपचार केन्द्र सञ्चालनमा ल्याएको छ।

अप्रेसन आइसाइट युनिभर्सल संस्थाको आर्थिक सहयोगमा करिब ७० लाखको लागतमा अस्पतालको भवन निर्माण सम्पन्‍न भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?