नवौँ पोखरा महोत्सव पुस २७ गतेदेखि

खुल्ला चिडियाखाना निर्माण र सेती नदी संरक्षण गर्न बचत रकम खर्चिने

खुल्ला चिडियाखाना निर्माण र सेती नदी संरक्षण गर्न बचत रकम खर्चिने
+
-

पोखरा – युनाइटेड क्लब पोखराले अमरसिंहचौरमा वर्षेनी आयोजना गर्दै आइरहेको नवौं संस्करणको पोखरा महोत्सवको यहि पुस २७ देखि माघ ८ गतेसम्म सञ्चालन हुने भएको छ।

शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धनको क्षेत्रमा एक इट्टा भएपनि थप गर्ने लक्ष्य बोकेर प्रारुप गरिएको महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्ने कार्यक्रम रहेको क्लबका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए।

वि.सं. २०६७ वैशाखमा स्थापित क्लबले पोखरामा उदाहरणीय सामाजिक संस्थाको रुपमा आफूलाई प्रमाणित गरिसकेको छ। महोत्सव आयोजनाको नाममा विभिन्न प्रायोजक र सरकारी निकायसँग मोटो रकम लिई आयोजककै खल्ती भर्ने परिपाटीलाई चुनौती दिँदै महोत्सवबाट बचत रकमको नागरिकलाई महसुस हुने गरी खर्च गर्ने गरेको छ।

गरीब तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षाको लागि १२ वटा सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति कोषको स्थापना गरी शिक्षाबाट कोही पनि बालबालिका बञ्चित हुनुनपर्ने स्थितिको अन्त्य क्लबकै योजना हो।

सिर्जनशील युवाहरुको समयलाई सिर्जनशील बनाउन प्रेरणादायी भूमिका क्लबले खेलिरहेको जनाइएको छ। एथ्लेटिक्सका खेलहरु र बास्केटबल प्रतियोगिता त्यसैका उदाहरणहरु हुन्।

विशेषगरी, क्लबले पोखरामा पर्यटनको फुल प्याकेज दिने अवधारणासहित खुला चिडियाखानाको निर्माण गर्ने चरणमा छ। क्लबका अध्यक्ष लालकाजी गुरुङका अनुसार पोखराको पर्यटनलाई विस्तार गर्न खुला चिडियाखानाको अवधारणा फलदायी हुने विश्वास लिइएको छ।

पोखरा महानगरपालिका वडा नम्बर ३१ पचभैया डाँडामा ‘पोखरा जुलोजिक पार्क’नाममा चिडियाखाना निर्माणाधीन छ। उक्त पार्क निर्माण गर्न क्लबले महोत्सवबाट उठेको केही हिस्सा रकम हस्तान्तरण गर्दै आइरहेको क्लबका पूर्व अध्यक्ष एवं पार्क निर्माण समितिका संयोजक हिमालय बख्रेलले जानकारी दिए।

पोखरा महानगरको वडा ३०, ३१ र ३२ मा रहेका पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रको १३४ हेक्टर जमिनमा पार्क निर्माणको योजना अघि बढिरहेको उनले बताए।

‘पार्क निर्माण समितिले हालसम्म पशुपंक्षी उद्दार केन्द्रका लागि भवनहरुको निर्माण, खानेपानी जडान, यातायात सुविधाको लागि बाटो निर्माण, मृगस्थली, बाघ राख्ने खोर निर्माण सम्पन्न भइसकेको छ,’ उनले भने।

निर्माणका लागि क्लबले ४५ लाख ८५ हजार, साविक लेखनाथ नगरपालिकाले १० लाख, संघीय सरकारबाट २० लाख रुपैयाँ सहयोगमा सो काम सम्पन्न भएको उनको भनाई छ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७५/७६ मा पार्कलाई व्यवस्थित र योजनाअनुरुप बनाउन १ करोड ५० लाख डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयारका लागि विनियोजन गरेको छ।

आयुर्वेदिक हस्पिटल लेखनाथको प्राविधिक सहयोगमा बागलुङ जिल्लाको ग्रामीण भेगमा बृहत स्वास्थ्य शिविर सञ्चालन गरी विपन्न वर्गहरुको उपचार सेवामा उपस्थिति जनाएको छ। विभिन्न दीर्घ रोगबाट पीडित १२ जनालाई सम्पूर्ण उपचार खर्च क्लबले बहन गरेको अध्यक्ष गुरुङले जानकारी दिए।

महोत्सवमा अवलोकनकर्ताले काट्ने प्रत्येक टिकटको १ रुपैयाँ सेती संरक्षणका लागि खर्च गर्दै आइरहेको क्लबले जनाएको छ। यसवर्ष मात्रै सशस्त्र प्रहरी गण मुख्यालय पोखराको प्राविधिक सहयोगमा पृथ्वीचोकको पुलमुनी वृहत सरसफाइ सम्पन्न गरिएको महोत्सवका संयोजक शान्तबहादुर थापाले जानकारी दिए। मानवीय गतिविधिका कारण कुरुप बन्न नदिन सेती नदीका विभिन्न भागहरुलाई ४ खण्ड बनाई सिसि क्यामेरा जडान गरिसकिएको छ।

महोत्सवलाई मनोरञ्जनात्मक बनाउन राष्ट्रिय कलाकारहरुको प्रत्यक्ष प्रस्तुति देखाइने भएको संयोजक थापाले बताए। महोत्सवमा गण्डकी प्रदेशस्तरीय लोकदोहोरी गायन प्रतियोगिता, हस्तकलाका उत्पादनको प्रदर्शनी, कृषि तथा अटो मेला, बाल उद्यान, पर्यटकीयस्थलबारे सूचना प्रदर्शनी कक्ष, निर्माणाधीन जुलोजिकल पार्कको प्रत्यक्ष अवलोकन गराउने अवसर मेलाका विशेष आकर्षण रहने भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?