धेरै खर्च गर्नेमा मुख्यमन्त्री गुरुङ

मन्त्री र स्वकीय सचिवले ५ महिनामा घुमेरै सके साढे ८ लाख

मन्त्री र स्वकीय सचिवले ५ महिनामा घुमेरै सके साढे ८ लाख
+
-

पोखरा– साउन यता पाँच महिनामा गण्डकी प्रदेशका मुख्यमन्त्री सहित ६ मन्त्री र उनका स्वकीय सचिवहरुले ८ लाख ६६ हजार २ सय १५ रुपैयाँ दैनिक भ्रमण भत्ता बापत खर्चेका छन्।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले चालू आर्थिक वर्ष २०७५/०७६ को साउनदेखि पुस मसान्तसम्म मन्त्रिपरिषद्बाट सबैभन्दा धेरै २ लाख ९ हजार २ सय ५० रुपैयाँ बुझेका छन्।

गुरुङलाई मात्रै पुस महिनासम्मको भ्रमण भत्ता भुक्तानी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का लेखा अधिकृत अुर्जन प्रसाद पौडेलले जानकारी दिए । गुरुङले पुस महिना नपुग्दै ७२ हजार रुपैयाँ भ्रमण भत्ता बुझिसकेका छन्।

भ्रमण भत्ता लिनेमा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपाली पनि छन्। उनले मंसिर मसान्तसम्ममा १३ हजार ५ सय २५ रुपैयाँ दैनिक भ्रमण भत्ता बुझेका हुन्। सल्लाहकार नेपाली प्रदेश राज्यमन्त्री सरह तलब सुविधामा गएको भदौबाट नियुक्ति भएका हुन्।

मुख्यमन्त्रीका स्वकीय सचिव सुर्यप्रसाद गुरुङले हालसम्म पुस महिनाको सहित जोडेर २६ हजार ४ सय मन्त्रिपरिषद्को लेखाबाट भुक्तानी लिएका छन्।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले असोज र मंसिरमा दुई पटक गरी कुल ९६ हजार ८ सय ७५ रुपैयाँ दैनिक भ्रमण भत्ता बुझेका छन्। उनका स्वकीय सचिव रोमकान्त पोखरेलले ४६ हजार ६ सय रुपैयाँ सोही मितिसम्ममा दैनिक भ्रमण भत्ता बुझेका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले दुई पटक गरी ७४ हजार ३ सय ७५ रुपैयाँ दैनिक भ्रमण भत्ता मन्त्रिपरिषद्बाट बुझेका छन्। उनका स्वकीय सचिव खुमबहादुर विकले सोही मितिसम्मको गरी कुल ४७ हजार ६ सय रुपैयाँ भत्ता बुझेका छन्।

भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले मंसिरसम्ममा ९६ हजार ६ सय ५० रुपैयाँ भ्रमण भत्ता बुझेका छन्।उनका स्वकीय सचिव ५१ हजार २ सय दैनिक भ्रमण भत्ता बापतको रकम भुक्तानी लिएका हुन्।

मन्त्रिपरिषद्बाट सबैभन्दा कम भ्रमण भत्ता लिनेमा सामाजिक विकास मन्त्री नरदेवी पुनमगर छन्। उनले मंसिरसम्ममा २० हजार रुपैयाँ लिएकी हुन् । उनका स्वकीय सचिव बेगप्रसाद गर्बुजाले सोही मितिसम्ममा ९ हजार २ सय रुपैयाँ भुक्तानी लिएका छन्।

त्यस्तै, उद्योग पर्यटन वन वातावरण मन्त्री विकास लम्सालले ५३ हजार ६ सय ३० रुपैयाँ भ्रमण भत्ता लिएका छन् भने उनका स्वकीय सचिव ३७ हजार ९ सय ८५ रुपैयाँ भत्ता बुझेका छन्।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले मंसिर मसान्तसम्ममा ४८ हजार ८ सय ७५ रुपैयाँ लिएका छन् । उनका स्वकीय सचिव भरत खनालले ३० हजार ८ सय बुझेका छन् ।

प्रदेश सरकारले मन्त्री र स्वकीय सचिवहरुलाई जिल्ला बाहिर कार्यक्रममा सहभागि हुन जाँदाको भ्रमण भत्ता उपलब्ध गराउँदै आएको छ । प्रदेशको सुविधा नियमावली अनुसार मुख्यमन्त्रीले दैनिक भ्रमण भत्ता बापत ३ हजार रुपैयाँ पाउने व्यवस्था छ।

प्रदेश मन्त्रीहरुले दैनिक २ हजार ५ सय भ्रमण भत्ता पाउने छन्। त्यस्तै, मन्त्रीका स्वकीय सचिवका लागि दिनको १ हजार ६ सय रुपैयाँ दैनिक भ्रमण भत्ता दिने प्रावधान छ।

यातायात इन्धन शीर्षकमा मुख्यमन्त्रीलाई २ सय ५० लिटर र मन्त्रीहरुका लागि १ सय ५० लिटर डिजेल बापतको रकम लेखाले भुक्तानी दिँदै आएको लेखा अधिकृत अर्जुन प्रसाद पौडेलले जानकारी दिए ।

विदेश भ्रमणको भत्ता दिने गरेका छैनौंः प्रवक्ता


बाहिर सुनिएजस्तो विदेश भ्रमण र निजी भ्रमणको भत्ता मन्त्रिपरिषद्बाट उपलब्ध नगराइएको भौतिक पूर्वाधार विकास मन्त्री एवं प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।

‘विदेश भ्रमण र निजी भ्रमणको पनि भत्ता उपलब्ध गराइएको हो की भन्ने चासो बढेको छ,’ उनले भने, ‘प्रदेशले नियमविपरीत भत्ता दिने गरेको छैन् ।’

हालसम्म नियमअनुसारकै भ्रमण भत्ता उपलब्ध गराउँदै आएको जनाउँदै मन्त्री बस्नेतले कोषको दुरुपयोग रोक्न प्रदेश सरकार सदैब सचेत रहेको दाबी गरे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?