तपाईँले आज ब्याग बोक्नुभयो?

तपाईँले आज ब्याग बोक्नुभयो?
+
-

काठमाडौँ- अनामनगरकी २४ वर्षीया लिला शर्मा घरबाट हरेक दिनजसो बाहिर निस्कन्छिन्। त्यो बेला छुटाउँदै नछुटाउने उनका लागि एक प्यारो वस्तु छ, ब्‍याग। क्याम्पस जाँदा होस् या साथीहरुसँग घुम्‍न जाँदा अनि पार्टी या सिनेमा हलसम्म पुग्दा, उनलाई त्‍यही ब्‍याग नै अपरिहार्य लाग्छ।

फेसन अनुसार ब्‍याग बोक्‍नु उनको शोख पनि हो। त्यो पनि नयाँ-नयाँ डिजाइनका। ब्‍याग बोक्दा उनलाई आफ्नो व्यक्तित्व झल्किएको अनुभूति हुन्छ।  उनी  भन्छिन्, ‘फरक फरक कार्यक्रममा फरक फरक कपडा लगाउनुपर्छ । अनि ब्याग पनि त्यसैअनुसार बोक्न मनपर्छ। यसले आफू राम्रो देखिएको अनुभव हुन्छ।’

लिला मात्रै होइन, फेसनका रुपमा डिजाइन- डिजाइनको ब्‍याग बोक्‍नेहरु जताततै भेटिन्छन्। खासगरी आजका युवायुवतीमा यो फेसन बढी लागू हुन्छ। नेपाली बजारमा आजभोलि कोरियन ब्यागको माग पनि बढी छ।

कोरियन ब्याग सानादेखि ठूला साइज अनि फरक-फरक ‘स्टाइल’का बिक्री भइरहेका छन्। विद्यार्थीले यस्ता ब्‍याग बढी किन्‍ने गरेको भृकृटीमण्डपस्थित एक ब्याग पसलकी सञ्चालक संगीता कार्की बताउँछिन्। ‘अचेल कोरियन ब्याग धेरै बेच्ने गरेको छु। मूल्य पनि सस्तो छ। छ सयदेखि तीन हजारसम्मका ब्याग बिक्री भइरहेका छन्। व्यापार राम्रै छ,’ उनी थप्छिन्। ब्‍याग बिक्री हुने क्रम बढ्दै गएको उनको भनाइ छ।

आकर्षक व्यक्तित्व बनाउन ब्यागले पनि सहयोग गरेको ब्याग प्रेमीहरुको भनाइ छ। खासगरी सहरका युवायुवीतले फेसनका रुपमा ब्याग बोक्न थालेका छन्।  हेर्दा राम्रो, बोक्न सहज, आवश्यक सामान राख्‍न मिल्ने र सस्तो पनि भएकाले आफूले कोरियन ब्याग बोक्ने गरेको’ बताउँछिन् कीर्तिपुरकी मनिषा पौडेल।

यस्तै न्यूरोडकी व्यापारी शुभेक्षा श्रेष्ठकाअनुसार सबैभन्दा धेरै विद्यार्थीले कोरियन ब्याग किन्‍न थालेका छन्। तर युवतीको रोजाइमा साइड ब्याग र पार्टी ब्याग पर्ने गरेको छ।

यात्राका क्रममा ब्यागलाई झनै छुटाउँदैनन् युवायुवती। कतिपयले यसलाई साथीको रुपमा समेत लिने गरेका छन्। त्यसैले यात्रुहरुलाई लक्षित गरी आकर्षक र हलुङ ब्याग भित्राउने गर्छन् दरबारमार्गका व्यापारी रबीन आचार्य।

१५ देखि ८९ हजार मूल्य पर्ने व्यागहरु उनको पसलमा छ । उनले यात्राका लागि ‘डफल’, कार्यालय जाँदा बोक्ने ब्याग र ल्यापटप ब्याग बिक्री गर्दै आएका छन्। १९ वर्षदेखि ब्‍याग बिक्री गरिरहेका उनी भन्छन्, ‘पहिले-पहिले साधारण ब्याग बन्थे र हामीले पनि त्यस्तै बिक्री गर्थ्यौँ। तर अहिले फेसनका लागि ब्याग आउने गरेका छन् र त्यसको माग बढ्दो छ।’

ब्‍याग प्रेमहरुमा युवायुवती मात्रै पर्दैनन्, बालबालिका र वृद्धवृद्धा पनि पर्छन्। त्यसका लागि थरीथरी डिजाइनका ब्याग बनाउन थालिएको छ। त्यसले उपभोक्ताको छनौटको अधिकार पनि सुनिश्चित गरेको छ। सस्तो मुल्यले झनै ब्यागप्रतिको आकर्षण बढाएको छ।

बिहे, वर्तबन्ध वा सभासमारोह हरेक कामका लागि फरकफरक स्टाइलका ब्याग बोक्ने गरिन्छ। मनिषा श्रेष्ठको दरबारमार्गस्थित ब्याग पसलमा सर्वसाधारणदेखि सेलिब्रेटीको घुइँचो लाग्छ। ब्याग बिक्रेताहरुका अनुसार व्यागको व्यापारलाई कुनै पनि समय या मौसमले प्रभाव पारेको छैन।

सहर जस्तै ग्रामीण भेगमा पनि फरकफरक ब्याग बोक्ने चलन बढेको छ। बिहे महोत्सवका लागि ‘फेसनेबल’ ब्याग बोक्ने गरेको पाइन्छ। ‘नयाँ बानेश्वरका व्याग व्यापारी सुशान विक्रम मल्ल भन्छन्, ‘पहिले काम भएमा मात्रै व्याग बोक्ने चलन थियो तर अहिले फेसनका लागि पनि व्याग बोक्ने चलन छ।’

नयाँ नयाँ ब्‍याग बोक्दा जति उपभोक्ता दङ्ग पर्छन्, ब्‍यागको व्यापार बढ्दा उनी पनि त्‍यति नै खुशी हुने गरेको अनुभव सुनाउँछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?