वीरगञ्‍ज महानगरपालिकामा चापाकलको राजनीति

महानगरपालिकाकै स्वास्थ्य चौकीमा धारा छैन, वडा सदस्‍यको तरकारी बारीमा सरकारी धारा

महानगरपालिकाकै स्वास्थ्य चौकीमा धारा छैन, वडा सदस्‍यको तरकारी बारीमा सरकारी धारा
+
-

वीरगञ्ज – देशका दुर्गम ठाउँमा खानेपानीको धारा नहुनु कुनै नौलो कुरा होइन । नेपालका कतिपय सुदूर क्षेत्रमा अहिलेसम्म पनि खानेपानीको सहज उपलब्धता छैन भने सार्वजनिक सरोकारका ठाउँहरुमा पनि खानेपानीको धारा पुग्न सकेको छैन । तर,महानगरपालिका जस्तो ठाउँमा पनि खानेपानीको धारा नहुनु भनेको पक्कै पत्याउने कुरा होइन ।

यस्तो अवस्था भनेको अहिले पनि छ, त्यो कुने सुदूर हिमाली वा पहाडी क्षेत्रमा मात्र नभई तराईको क्षेत्रमा यस्तो समस्या छ । पर्साको सदरमुकाम वीरगञ्जलाई नेपालकै आर्थिक नगरी भनेर चिनिन्छ । तर यही महनगरपालिकाको एउटा स्वास्ग्य चौकीमा वर्षौँदेखि खानेपानीको धारा समेत जडान हुन सकेको छैन ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३० लालपर्सा टोलमा रहेको स्वास्थ्य चौकीमा विगत ८ वर्षदेखि खानेपानीको धारा छैन । एक त महानगरपालिका त्यसमा पनि स्वास्थ्य जस्तो अति संवेदनशील क्षेत्रमा खानेपानीको धारा नहुँदा समस्या छ ।

स्वास्थ्य चौकीमा आउने बिरामीहरु तथा कार्यरत स्वास्थ्यकर्मी समेत खानेपानीको अभावमा समस्या झेल्दै आएका छन् ।

स्वास्थ्य चौकीमा खानेपानीको धारा उपलब्ध नहुँदा बिरामीलाई स्वास्थ्य चौकी नजिकै रहेका स्थानीय बासिन्दाको धाराबाट पानी ल्याएर दिनु पर्ने तथा आफूहरुले पनि प्रयोग गर्न बाध्य भएको स्वास्थ्य चौकीका ईन्चार्ज अनिशकान्त कुशवाहा बताउँछन् । ‘दैनिक रुपमा नै स्वास्थ्य चौकीमा कार्यरत पियन दिदीले आफनै घरबाट स्वास्थ्य चौकीका लागि पानी ल्याउने गर्नुहुन्छ’, ईन्चार्ज कुशवाहाले भने, ‘त्यही पानी स्वास्थ्य औजार सफा गर्न, आफूहरुले खाने तथा बिरामीलाई पनि खान दिने गरेका छौँ ।’

खानेपानीको धारा नहुँदा स्वास्थ्य चौकीमा आउने बिरामीहरुको घाउ ड्रेसिङ्ग गर्दा उपकरणहरु सफा गर्न समेत समस्या पर्ने गरेको ईन्चार्ज कुशवाहा बताउँछन् । आफू गएको वर्षदेखि स्वास्थ्य चौकीमा ईन्चार्ज भएर आएदेखि नै खानेपानीको धारा नरहेको ईन्चार्ज कुशवाहाको भनाई छ ।

‘म ईन्चार्ज भएर आएदेखि नै वडा कार्यालय र सम्बन्धित वडाध्यक्षलाई पनि बारम्बार खानेपानीको धारा जडान गर्न आग्रह गरँे’, कुशवाहाले भने, ‘तर अहिलेसम्म पनि स्वास्थ्य चौकीमा धारा जडान हुन सकेको छैन ।’

धारा जडान गरी दिन वडा नम्बर ३० का वडाध्यक्ष अमानत अन्सारीलाई आग्रह गर्दा आश्वासन मात्र दिने गरेको ईन्चार्ज कुशवाहाको भनाई छ ।
‘म पहिलेदेखि नै स्वास्थ्य चौकीमा कर्यरत छु, मलाई थाहा भए अनुसार गएको ८ वर्ष जति भयो होला लालपर्सा गाबिस नै रहेको बेला एउटा चापाकल जडान भएको थियो’, सरस्वती देवीले भनिन्, ‘पछि त्यो पनि चोरले लगेपछि यहाँ अहिलेसम्म चापाकल गाडिएको छैन ।’

स्वास्थ्य चौकीमा चापाकल नहुँदा आफूले घरबाट नै पानी लिएर आउनु पर्ने बाध्यता रहेको उनको भनाई छ । वडा नम्बर ३० लालपर्सा स्वास्थय चौकीमा दैनिक ३० देखि ५० जना बिरामी स्वास्थ्य जाँच गराउन आउने गरेका छन् । तर बिरामी अस्पतालमा आउँदा पानीको अभावमा बाहिरबाटै पानी ल्याउन बाध्य हुन्छन् ।

यता, वडा नम्बर ३० का वडाध्यक्ष अमानत अन्सारीले चापाकल वडा कार्यालयले स्वास्थ्य चौकीलाई उपल्बध गराउन तयार रहेको बताए । उनले भने, ‘स्वास्थ्य चौकीलाई जुन दिन चापाकल चाहिन्छ, त्यही दिन दिन सक्छु । पाँच–सातवटा जति चाहिन्छ चापाकल गाडे हुन्छ । तर जडान खर्च आफैले तिर्नुपर्छ ।’

सरकारी धारा वडा सदस्यको बारीमा


लालपर्सा तत्कालीन गाविस नै हुँदा स्वास्थ्य चौकीमा धारा थिएन, अहिले उक्त गाविस वीरगञ्ज महानगरपालिकाको वडामा परिणत भएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३० लालपर्साको स्वास्थ्य चौकीमा चापाकल जडान गर्नका लागि बजेट छुट्याइयो ।

वीरगञ्ज महानगरपालिकाको वडामा गाभिएर गएको वर्ष स्थानीय चुनाव सम्पन्न भएपछि उक्त वडामा जनप्रतिनिधिहरु पनि जितेर आए । उनीहरुले वडाको धेरथोर विकास पनि गरे । तर, स्वास्थ्य जस्तो सवेदनशील क्षेत्रमा निर्वाचित जनप्रतिनधिको ध्यान अहिलेसम्म पनि पुग्न नसकेको लालपर्सा स्वाथय चौकीका ईन्चार्ज अनिशकान्त कुशवाहाको गुनासो छ ।

उनी भन्छन्, ‘वडामा त्यति चापाकल बाँडियो । तर स्वास्थ्य चौकीमा एकवटा मात्रै दिएको भए पुग्थ्यो । यसतर्फ कसैको पनि ध्यान गएन ।’ उक्त वडामा आर्थिक वर्ष २०७४÷७५ मा आएको कुल ६० लाख बजेटबाट रु ६ लाख बजेट चापाकलको लागि वडा कार्यालयले छुटयाएको थियो ।
सोही अनुसार वडाबासीहरुलाई फर्म भराई चापाकल पनि वितरण भयो । हालसम्म वडा कार्यालयले ४९ वटा चापाकल वितरण गरिसकोको छ ।

यसबारे वडाध्यक्ष भन्छन्, ‘बजेटको पैसाले आएको चापाकल सकिएको छ । तर, स्वाथ्य चौकीमा चापाकाल गाडिएन । वडा सदस्य रामबाबु गुप्ताले भने सरकरी धारा घर लिएर गए । उनको घरमा चापाकल हुँदाहुँदै पनि वडाको बजेटमा आएको चापाकल तरकारी बारीमा गाडे ।’ अहिले उक्त चापाकल पनि प्रयोगबिहीन अवस्थामा थन्किएर बसेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?