
पृथ्वी नारन !
सभ्यता मौलाउँथ्यो
बाटो बिराए ।
माफ गर्देउ
‘धृतराष्ट्र- गान्धारी’
अहंमा डुबे ।
‘ढाँट्दै नढाट्ने’
मुलुकको मुखिया
थाक्दै नथाक्ने !
दलका दले
दलदल दहमा
दब्नु पर्दथ्यो !
सुनेँ आक्रोस
‘राष्ट्रपिता नचिन्ने
धुन्धुकारी हौ !’
पृथ्वी बिर्सने !
देश नसम्झे हुन्छ-
विधर्मीहरु !
राष्ट्रनिर्माता
वृध्दाश्रम लाँदैछ
तिम्रो ‘छोरो’ले !
तिम्रा तस्वीर
च्यात्दैछ कोठाबाट
पुग्दैछ राँची !
रजौटाहरु
एकता चाहँदैनन्
बगरे जस्ता !
टुक्राटुक्रामा
टुक्रिएपछि देश
फिरङ्गी दङ्ग !