
दिनेश ठकुल्ला
७ years पहिले

अ
+
अ
अ
-
धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–१८ फुलबारी ‘ए’ गाउँमा बेवारिसे अवस्थामा शिशुको शव फेला परेको छ ।
बाँसको घारीमा झन्डै आठ महिनाको शिशुको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार बिहान फेला परेको शवलाई पोष्टमार्टमका लागि धनगढीको सेती अञ्चल अस्पतालमा ल्याइएको कैलालीका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

