'कप्तान १९९८' गृह नगरमा विमोचन

‘क्षेत्रीले कोहलपुरलाई चिनाउने काम गरे’

‘क्षेत्रीले कोहलपुरलाई चिनाउने काम गरे’
+
-

नेपालगञ्ज – कोहलपुरका अग्रज व्यक्तित्वहरुले नेपाली क्रिकेटका पहिलो पुस्ताका खेलाडी एवं पूर्वकप्तान एलबी क्षेत्रीले कोहलपुरलाई चिनाउने काम गरेको बताएका छन्।

हाम्रो पूर्णिमा साहित्यक प्रतिष्ठान, कोहलपुरको आयोजनामा शनिबार गृह शहरमा क्षेत्रीको आत्मकथा ‘कप्तान १९९८’ को विमोचन गर्दै कोहलपुरका अग्रजहरुले क्षेत्री कोहलपुरको गहना भएको बताए।

‘क्षेत्रीको अगुवाईमा कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनिरहेको छ। यो मैदानले कोहलपुरलाई चिनाउने काम गरेको छ । महिला क्रिकेटको शुरुवात क्षेत्रीले यहीबाट गरे, कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, उपमेयर सञ्जुकुमारी चौधरीले भनिन्, कोहलपुर क्रिकेट मैदान कोहलपुरको सम्पत्ति हो । यसलाई अघि बढाउने क्षेत्री कोहलपुरका गहना हुन् । कोहलपुर नगरपालिकाले क्षेत्रीको कामको उच्च मूल्यांकन गरेर सम्मान गर्ने प्रतिबद्धता गर्दछु।’

भारतको पश्चिम बंगालमा पाँच वर्ष ए डिभिजन क्रिकेट खेलेर कोहलपुर आएका क्षेत्रीले नेपालगञ्जको मंगलप्रसाद माविको चौरबाट नेपाली क्रिकेटको शुरुवात गर्दै राष्ट्रिय खेलाडी बनेका थिए । उनी नेपाली क्रिकेटको पहिलो टोलीको उपकप्तान हुँदै सन् १९९८ मा कप्तान भए।

क्यानको दुई पटक केन्द्रीय सदस्यसँगै क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं. ५ नेपालगञ्जका अध्यक्ष भएका क्षेत्री हाल निलम्बित क्यानको विवाद मिलाउन आईसीसीले गठन गरेको पाँच सदस्यीय स्वतन्त्र समूहमा नेपाल सरकारको प्रतिनिधिका रुपमा रहेका छन् । क्यानको सदस्य एवं क्षेत्र नं. ५ नेपालगञ्जको अध्यक्ष हुँदा क्षेत्रीले देशमै पहिलो पटक महिला क्रिकेटको शुरुवात गरेका थिए।

प्राज्ञ प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, साहित्यकार नयनराज पाण्डे, सिर्जन लम्सालले क्षेत्रीको आत्मकथा कप्तान १९९८ उत्कृष्ट किताव रहेको बताए । कोहलपुरका नगर विकास समितिका अध्यक्ष अवराज खड्का, नारायणप्रसाद सिग्देल, नरेन्द्र न्यौपाने, चिन्तामणि धिताल, खगेन्द्र गिरी कोपिला, सागर गैरे, महानन्द ढकाल, पुष्कर रिजाल, प्रदीप भट्टराईले क्षेत्रीले कोहलपुरलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए।

क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको आत्मकथा पत्रकार कुमार श्रेष्ठले सहलेखन गरेका हुन्। सोही कार्यक्रममा साहित्यकार नयनराज पाण्डेलाई पूर्णिमा साहित्य रत्न २०७४ ले सम्मान गरिएको थियो।

यसैबीच, क्षेत्री लायन्समासमेत आवद्ध रहेकाले लायन्सको कार्यक्रममा पनि कप्तान १९९८ को विमोचन गरिएको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?