जनस्वास्थ्य माथि गम्भीर खेलवाड

लमही अस्पतालमा दुई वर्षदेखि छैन टिट्नेस खोप

लमही अस्पतालमा दुई वर्षदेखि छैन टिट्नेस खोप
+
-

दाङ–घाउँ चोट लाग्यो, फलामले काट्यो, पशु चौपायाले टोक्यो भने २४ घण्टा भित्र टिट्नेसको सुई (टिटि) लगाउनु पर्ने हुन्छ । तर, दाङको एक अस्पतालमा दुई वर्षदेखि टिटिको खोप छैन । उपचारको लागी लमही अस्पताल पुग्ने बिरामीलाई स्वास्थ्यकर्मीले टिटि लगाउन निजी क्लिनिकमा पठाउने गर्छन् ।

लमही अस्पतालमा दुर्घटनाबाट घाइते भएका बिरामी आउने गर्छन् । उनीहरुलाई टिटिको सूई नलगाएरै उपचार गर्ने गरिएको छ । बिरामीलाई बाहिरबाट किनेर लगाउन स्वास्थ्यकर्मीले भन्ने गरेका छन् ।

टिट्नेस खोप लगाउन भनिएको पर्चा। तस्बिर: दशरथ घिमिरे/देश सञ्चार

टिटि सुई निजी क्लिनिकबाट किनेर लगाउनु परेको लमही–६ की नारायणी पौडेलले बताइन् । ‘न टिटिको सुई छ । न रेबिज विरुद्धको खोप’उनले भनिन्–‘एक डोज सरकारीमा लगाएँ । त्यहाँ सकिएछ अनि मेडिकलमा पुगेर महंगो शुल्क तिरेर लगाए ।’

लमही अस्पतालमा दुई वर्षदेखि टिटिको औषधी नभएको स्टोर प्रमुख रुपलाल पाण्डेले बताए । ‘दुई वर्षदेखि यहाँ टिटि छैन्’लमही अस्पतालका स्टोर प्रमुख पाण्डेले भने–‘दुर्घटनाका बिरामीहरुलाई अन्यत्रबाट किनेर ल्याउनुस भन्ने गरेका छौँ ।’

सामान्य औषधी समेत अस्पतालमा राखिएको छैन् । लमही नगरपालिकाले लमही अस्पतालमा औषधी खरिद गरेर दिने गरेपनि जनस्वास्थ्यसँग जोडिएको टिटि र रेबिज विरुद्धको खोप किनिदिएको छैन् । सरकारी अस्पतालमा निःशुल्क पाइने खोप बजारमा भने पैसा तिरेर लगाउनु पर्छ । रेबिज विरुद्धको खोप प्रति डोज ५ सय र टिटिको ३५ रुपैयाँ पर्छ ।

निजी फार्मेसी भएकाहरु अस्पतालमा कार्यरत


लमही बजारमा फार्मेसी औषधी पसल खोलेर बसेकाहरु नै सरकारी अस्पतालका जागिरे छन् । उनीहरुले नै धेरै चाहिने औषधी तथा खोपहरु खरिदको लागी लमही अस्पतालमा माग नगर्दा अत्यावश्यक औषधी तथा खोपको अभाव हुदै आएको स्रोतले बताएको छ ।

‘तीन/चार जनाको बजारमा फार्मेसी छ । सरकारी अस्पतालमा उपचार गर्न जाँदा औषधी नपाएपछि बिरामीहरु उनीहरुले सञ्चालन गरेको फार्मेसीमा गएर औषधी किन्छन्’स्रोतले भन्यो–‘धेरै चाहिने औषधी किन्नको लागी सिफारिसनै हुँदैन् । अनि किन नहोस अभाव ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?