भुईमा सुत्केरीको खबर सुनेपछि बेड लिएर पुगे कमलादेवी र पजुमा

भुईमा सुत्केरीको खबर सुनेपछि बेड लिएर पुगे कमलादेवी र पजुमा
+
-

नेपालगञ्‍ज-भन्‍ने गरिन्छ, ‘धन हुनेको मन हुँदैन । मन हुनेको धन हुँदैन ।’ सबैको हकमा यस्तो पनि होइन रहेछ। मन र धनको संयोग जुटाउनेको पनि कमी छैन, यहाँ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० मनिकापुरस्थित स्वास्थ्य चौकीमा एकै दिन तीन जनासम्म सुत्केरी हुन्छन्। स्वास्थ्य चौकीमा एउटा मात्रै बेड छ । बेडको अभावले सुत्केरीलाई भुईमा राखिन्छ भन्‍ने समाचार आयो।

त्यो समाचार पढेपछि काठमाडौं कुलेश्वर निवासी सुश्री कमलादेवी सिंह र श्रीमती पजुमा सिंहलाई पीडाबोध भयो । मनकारी सिंहद्वयले स्वास्थ्य चौकीलाई बेड सहयोग गर्ने मनसाय बनाए । काठमाडौं नै बसेर उनीहरुले मनिकापुर स्वास्थ्य चौकीलाई दुई वटा बेड सहयोग गरेका छन् । स्वास्थ्य चौकीले एउटा कोठा बनाएर त्यो नयाँ बेडलाई राखेको छ । भनिन्छ नि, ‘सुत्केरीको पीडा सुत्केरी हुनेलाई मात्रै थाहा हुन्छ ।’

मनिकापुर स्वास्थ्य चौकीमा अहिले पनि सुत्केरी हुनेको चाप नै रहेको छ। नेपालगञ्ज उपमहानगरपालिकाभित्र सुविधा सम्पन्न ठूल्ठूला अस्पतालहरु भएपनि त्यहाँ सुत्केरी हुन जानेहरुको कमी छैन । त्यहाँ साउनयता एक सय ७ जना सुत्केरी भएको स्वास्थ्य चौकीका इन्चार्ज सरोजकुमार मिश्रले जानकारी दिए ।

अनमी आशा सार्कीका अनुसार, मनिकापुर स्वास्थ्य चौकीमा साउनमा २०, भदौमा १६, असोजमा २१, कात्तिकमा २०, मंसीरमा १५ र पुस २९ गतेसम्ममा १५ जना सुत्केरी भइसकेका छन्। एकै दिन तीन जनासम्म सुत्केरी हुन आउँछन्। पुसमा तीन दिन २/२ जना सुत्केरी भएका छन् ।

मनिकापुर स्वास्थ्य चौकी नेपालगञ्जको सुविधा सम्पन्‍न अस्पतालदेखि बढीमा १० मिनेटको धुरीमा रहेको छ । एम्बुलेन्समात्रै होइन, अटोरिक्सामै नेपालगञ्जमा आउन गाह्रो छैन । त्यस बाबजुद आसपासका स्थानीयहरु स्वास्थ्य चौकीमै पुग्ने गर्दछन् । अनमी सार्की भन्छिन्, आसपासका गर्भवतीहरु पहिला यही आउँछन् । हामीले नै रिफर गरेपछि मात्रै अन्यत्र अस्पताल जान्छन् ।’

‘सुत्केरी हुन आउनेको चाप र एउटा मात्रै बेड हुँदा साह्रै गाह्रो भइरहेको थियो । सिंहद्वयले एउटा/एउटा बेड सहयोग गरेर ठूलो गुन लगाएका छन्, स्वास्थ्य चौकीका इन्चार्ज मिश्रले भने, हामीलाई ठूलो राहत भएको छ ।’

बेड त तीन वटा भएका छन् । अझ त्यहाँ बैकल्पिक विजुलीको समस्या छ। सेवाग्राहीको चाप अनुसारको भवन नै अभाव रहेको छ । अनमी सार्की भन्छिन्, सुत्केरी चिच्याइरहेकी हुन्छिन् । बच्चा झर्ने बेलामा बत्ती जान्छ, मैले अध्यारोमा सुत्केरी गराएको छु। बिजुलीको बैकल्पिक व्यवस्था भइदिए राम्रो हुन्थ्यो ।’
वडाध्यक्ष कृष्ण कार्कीले समाचार लेख्‍ने पत्रकार र सहयोग गर्ने दाता दुवैलाई विशेष धन्यवाद दिए। उनले भने, यहाँ सुत्केरी चाप बढी हुने गरेको छ। तीन वटा बेडले मात्रै अझै पुग्दैन । अरु थप्नु पर्छ। त्यसका लागि पहिला बेड राख्ने ठाउँको व्यवस्था गर्दैछौं।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?