देउवाले भने, ‘वाइड बडी घोटालामा ओली-दाहाल दोषी, म माथि अन्याय भयो’

देउवाले भने, ‘वाइड बडी घोटालामा ओली-दाहाल दोषी, म माथि अन्याय भयो’
+
-

धनगढी – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी विमान घोटाला प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।सोमवार बिहान धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बौल्दै देउवाले वाइड बडी प्रकरण आफ्नो नाम जोडेर अन्याय गरिएको आरोप लगाए ।

‘२०७४ सालमा म प्रधानमन्त्री हुँदा पर्यटन मन्त्रालयसहित १८ मन्त्रालय खाली थिए । उक्त बेला जहाज खरिदका लागि भुक्तानी दिइएको भन्दै मेरो नाम जोडिएको छ । त्यसबारे मलाई केही थाहा छैन ।’ देउवाले भने ।

‘१८ मन्त्रालयमा कहाँ के हुन्छ मलाई के थाहा हुनु र? कसरी थाहाँ पाउनु ? भन्दै देउवाले प्रश्न गरे, ‘यदि मैले मन्त्री स्तरीय निर्णय गरेके भए म दोषी हुन्थे, मलाई केही थाहै छैन । कसरी मेरो सलग्नता हुन्छ ?’

उनले वाइडबडी प्रकरणका आफ्नो नभई वर्तमान प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको सलग्नता रहेको दाबी गरे ।

उनले भने, ‘वाइड बडी प्रकरणमा मेरो हैन, ओली र प्रचण्डको जी को प्रत्यक्ष संलग्नता छ । ओली प्रधानमन्त्री भएको बेला सरकारले नै जहाज खरिदका लागि उपसमिति गठन गरेको छ । प्रचण्ड प्रधानमन्त्री भएका बेला सरकार जमानत बसेर बोलपत्र खरिद गर्ने निर्णय भएको छ ।’

सभापति देउवाले कांग्रेस छाया सरकार नभई विशेष समिति बनाएर सरकारका काम कारवाहीको मुल्याङन र निगरानी गर्ने बताए । ‘छाया सरकार छैन, विशेष समिति बनाउँछौ। सरकारका कामका बारेमा निगरानी गर्छाैं । त्यसका लागि हामी केही व्यक्तिलाई जिम्मेवारी दिन्छौँ ।’ उनले भने ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?