
धनगढी – कैलालीको घोडाघोडी नगरपालिका–५ डोके बजारमा दुर्घटनामा परि मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतवार राति से ५ प ७५५३ नम्बरको मोटरसाइकल र बा २ ख ४०१४ नम्बरको हाइस ठोक्किँदा मोटरसाइकल चालक बौनियाका १९ वर्षीय राजन बुढाको मृत्यु भएको हो।
मोटरसाइकलको पछाडि बसेका बौनियाकै १९ वर्षीय उमेश ताम्राकार गम्भीर घाइते भएका छन । उनको घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचारपछि थप उपचारका लागी अन्यत्रै लैजाने तयारी गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्षराज जोशीले बताए ।