विवाद डेढ वर्ष पछि सुल्झियो

श्रम मन्त्रीको निर्देशनपछि कर्मचारीलाई थप भत्ता दिन मणिपाल अस्पताल तयार

श्रम मन्त्रीको निर्देशनपछि कर्मचारीलाई थप भत्ता दिन मणिपाल अस्पताल तयार
+
-

पोखरा-मणिपाल शिक्षण अस्पताल प्रशासन र नन टिचिङ सेक्टरमा कार्यरत कर्मचारीबीचको खिचातानी अन्त्ये भएको छ । श्रम ऐनअनुसार खाइपाई आएको तलबमा ३ हजार ६ सय ५० रुपैयाँ भत्ता बापत थप गर्ने निर्णय गरेपछि विवाद सुल्झिएको हो।

संघीय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विवाद समाधान गर्न गठन गरेको मध्यस्थ समितिले विवाद समाधान गरेको हो। मन्त्रालयले विवाद सुल्झाउन महान्यायाधिवक्ताको कार्यालयका अधिकृत श्रीराम खनालको नेतृत्वमा ट्रेड युनियनका तर्फबाट नवीन अधिकारी र पोखरा उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष विश्वशंकर पालिखेसहितको मध्यस्थ समिति गठन गरेको थियो।

विसं २०७४ साउन १५ गते मणिपाल अस्पताललाई तीन वटै कर्मचारी युनियनको तर्फबाट तलब बृद्धि सहित थप सेवा सुविधाका सम्बन्धमा संयुक्त रुपमा ५ बुँदे माग राखेका थिए।

त्यसयता सोही मागलाई लिएर विभिन्न मितिमा कर्मचारीको आन्दोलनले हप्तौँ सम्म अस्पतालको स्वास्थ्य सेवा प्रभावित भइरहने समस्या बल्झिदै आएको थियो । कर्मचारीले राखेका मागलाई लागू गर्न नसक्ने भन्दै प्रशासनले अड्डी कसेपछि स्थानीय प्रशासन, श्रम कार्यालय पोखरा हुँदै संघीय श्रम मन्त्रालय समक्ष विवाद समाधानका लागि निवेदन पुगेको थियो।

मन्त्रालयमा निवेदन परेपछि मन्त्री बिष्टले थप चासो दिँदै विवाद तत्काल टुंग्याउन समितिलाई निर्देशन दिएका थिए । श्रम ऐन, २०७४ को दफा ११९ बमोजिम सामूहिक मागदाबी सम्बन्धी विवादको समाधान गराउन गठित मध्यस्थ समितिले अस्पताल प्रशासन र आन्दोलनरत अखिल नेपाल स्वास्थ्य श्रमिक संघ, मणिपाल स्वतन्त्र कर्मचारी युनियन, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी बिच पटकपटक छलफल गरी निचोडमा पुगेको कर्मचारीतर्फबाट वार्ता संयोजक योगन्द्र तिमल्सिनाले बताए।

‘मन्त्रालयबाट गठित मध्यस्थले कर्मचारीहरुले विगत लामो समयदेखि उठाउँदै आएका मागको विषयमा अध्ययन गरेर निष्कर्षमा पुगेको छ,’ उनले भने, ‘श्रम ऐन, २०७४ अनुसार प्रत्येक श्रमिकले न्यूनतम ज्याला १३ हजार ४ सय ७० मा थप सेवा सुविधा भत्ता बापत मासिक ३ हजार ६ सय ५० रुपैयाँ पाउने निर्णय भएको छ।’

मध्यस्थले गएको कात्तिक ११ गते प्रशासन र कर्मचारी बीचको समझदारीमै सो निर्णय गरेर जानकारी गराइसकेको भएपनि तत्कालै कार्यान्वयनमा आउन नसकेको उनले बताए । प्रशासनबाट अनेक बहानामा आलटाल गर्ने प्रयास भएपछि मन्त्रालयका निमित्त महानिर्देशक उदयकुमार गुप्ताको अध्यक्षतामा बसेको यही पुस ११ गतेको बैठकले कात्तिक ११ मा भएका निर्णय हुबहु लागू गराउन ठाडो निर्देशन दिएको छ।

श्रममन्त्री गोकर्ण विष्टसँगको प्रत्यक्ष भेट पछि मन्त्रालयले पुनः पुस ११ गते बैठक बसी यसअघि गरिएका निर्णय कार्यान्वयनमा अस्पताल प्रशासनलाई कडाई गरेको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन इकाई अध्यक्ष अमृतबाबु पौडेलले जानकारी दिए।

‘कात्तिक ११ गते भएको निर्णय कार्यान्वयन गराउन अस्पताल प्रशासन सहमत भएको छ,’ उनले भने, ‘पुस महीनाको तलब आउन बाँकी छ । कात्तिक ११ गतेदेखिकै बढेको भत्ता रकम एकमुष्ठ माघको १० गतेभित्र मात्रै आउँछ, थप सुविधाको रकम कर्मचारीले पाएभने मात्र निर्णय कार्यान्वयन भएको ठान्छौं।’

निर्णय सहमतिमा अस्पताल प्रशासनका तर्फबाट भानु भारद्वाज, सौरभ नारायणको हस्ताक्षर छ। पौडेलका अनुसार प्रशासनले थप सेवा सुविधा बापतको भत्ता दिन सहमत भएको सुनाए।

नयाँ सहमति अनुसार रात्रिकालिन सेवामा खटिएका कर्मचारीले एकदिनमा १२५ रुपैयाँ पाउने छन् । यसअघि ९० रुपैयाँ मात्र रहेको थियो ।

सम्बन्धित विभाग इन्चार्जले पौडेलले मासिक ५ सय रुपैयाँ भत्ता थप भएको जानकारी दिए । तहअनुसारको ग्रेड सुविधा, पोशाक रकम समेत कर्मचारीले पाउँदै आएका छन्।

श्रम मन्त्री गोकर्ण बिष्टले अस्पताललाई विवादरहित बनाउन र अत्यावश्कीय सेवाबाट नागरिकहरुलाई बञ्चित हुन नदिन प्रशासन र कर्मचारी बीचको समस्या दीगो रुपमा सुल्झाउन श्रम ऐन, २०७४ अनुसार कर्मचारी विनियमावली बनाउन निर्देशन दिएका थिए।

बिदा, सेवा सुविधाका सम्बन्धमा स्पष्ट हुनेगरी ४ महीना भित्रमा विनियमावली तयार गर्न पनि अस्पताललाई भनिएको छ। अस्पताल र कर्मचारीका पक्षका ४/४ जना रहने गरी १५ दिन भित्रमा श्रमिक ऐन विनियमावली संसोधन समिति गठन गर्न सुझाइएको छ। अस्पतालमा हाल ननटिचिङ तर्फ ६३० कर्मचारी कार्यरत छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?