सामान्य विवादमा सहकर्मीको अपहरण, जंगलबाट अपहरितको उद्दार, तीनजना पक्राउ

सामान्य विवादमा सहकर्मीको अपहरण, जंगलबाट अपहरितको उद्दार, तीनजना पक्राउ
+
-

धनगढी – धनगढीको रातोपुलमा रहेको होटल जलसाबाट आफ्नै सहकर्मी अपहरण गरी कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अपहरणमा परेका युवालाई उद्दार गर्न पनि प्रहरी सफल भएको छ ।

होटलमै विवाद भएपछि होटलमा वेटरको काम गर्ने डोटीको दीपायल सीलगढी नगरपालिका वडा नम्बर ४ घर भई हाल धनगढी–२ सन्तोषीटोल बस्ने चक्र खड्काले आफ्ना साथीहरु बोलाएर होटलको भान्छाका कर्मचारी बसन्त भाटलाई अपहरण गरेका हुन् ।

अपहरण गरी आफूलाई सन्तोषी टोल हुँदै मोहना नदी छेउको जंगलमा पु¥याएर कुटपिट गरिएको बसन्तले बताएका छन् । गोदावरी नगरपालिका वडा नम्बर ६ का बसन्तको अपहरणमा प्रयोग गरिएको मोटरसाइकल सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अपहरणका मुख्य योजनाकार चक्र खड्कासँगै से ७ प ३४४५ नम्बरको मोटरसाइकल धनि धनगढी–२ का हर्केश बाग र आदर्श गाउँपालिका डोटीका कुन्दन जोशी रहेका छन् ।

अपहरणमा प्रयोग गरिएको मोटरसाइकल

अपहरणमा संलग्न छत्र कठायत फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलसहित हर्केश धनगढी–२ बैयाबेहडी स्थित आफ्नै घरबाट र अन्य दुई जना फरक फरक स्थानबाट पक्राउ परेको वडा प्रहरी कार्यालय धनगढीका इञ्चार्ज प्रहरी निरिक्षक वकिल बहादुर सिंहले जानकारी दिए ।

अपहरणकारीहरुसँग बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले पीडित भाटलाई कुटपिट समेत गरेका छन् । अपहरणमा परेको खबर पाउने बित्तिकै प्रहरी परिचालित गरिएको थियो । सोमवार बिहान पौने १० बजेको समयमा अपहरण भएको र मोटरसाइकलमा लगिरहेको रातोपुल देखि बसपार्क सम्मका ब्यापारीले देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

पीडित कार्यरत होटलबाट उनको मोवाइल नम्बर लिएर सम्पर्क गर्दा टेलिफोन अपहरणकारीले नै उठाएर आफूहरुले बसन्तलाई मारेर खाडलमा गाडिरहेको भनेका थिए । त्यसलगत्तै प्रहरीले लोकेशन पत्ता लगाएर पीडितको उद्दार गरेको हो ।

पीडित बसन्त भाटका अनुसार चक्र खड्का एक हप्ता अघि मात्रै होटलमा काम गर्न आएका थिए । उनले ग्राहकको अर्डर स्पष्ट शब्दमा नटिपेरै भान्छामा स्लिप पठाएपछि आफूले नबुझेको भन्दा विवाद भएको बताए ।

त्यसपछि खड्काले आफूलाई देखाइदिने भन्दै धम्क्याएको र बाहिर गएर साथीहरु बोलाएर जबर्जस्ती मोटरसाइकलमा राखि मोहनातर्फ लगेर ् कुटपिट गर्दै तलाई यही बाँधेर खाल्डोमा हाल्छु भनेको उनले बताएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?