किन भेटिन्छ? तरुलको खाल्डोमा न्यायको अस्तु !

किन भेटिन्छ? तरुलको खाल्डोमा न्यायको अस्तु !
+
-

साहसी बिम्ब
इलाम उक्लेपछि
हठात स्तब्ध !

किन मर्दैछ ?
घाम-छायाँ सर्कार
या सतिसाल !

एउटा मृत्यु
रक्तबीज बनेर
सहस्र जन्म !

किन भेटिन्छ?
तरुलको खाल्डोमा
न्यायको अस्तु !

अामा र माटो
तरुल खन्दा सम्झ
प्रस्तर ‘पृथ्वी’ ।

अाँशुको दह
पानी बिनै बनेछ-
पैाडन्छ पापी !

दिल्लीको दुलो
मुसाको गर्भस्थल
देश भकारी !

मुस्ताङ चडी
मुसाको चट्नी चाख्दै
दुग्धस्थानमा !

भाले च्यापेर
सत्ताका ‘ज्वाइँ’हरु
सखारै हिँडे ।

भाडाका मान्छे
सुनको भाँडा बोकी
गरे भाँड्भैलो !

वाकपटुता?
थिल्थिलो बनाउँछन्
उखानहरु !

झीर खोजेको
फुटाउन यी जाली
बैरो भएछु !

तुक्का र मुक्का
घुम्दैछ गनतन्त्र
रक्तिम गाला !

‘ओलीदंश’मा
फैलिन्छ-महामारी
‘उखान- अैालो’ !

-माघेसंक्रान्ति,हात्तीवन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?