कोशी अञ्चल अस्पतालमा व्यवस्थित शव गृह

कोशी अञ्चल अस्पतालमा व्यवस्थित शव गृह
+
-

मोरङ – विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा व्यवस्थित शव गृहको निर्माण गरिएको छ। शव गृह निर्माणका लागि लायन्स क्लब विराटनगर एक्टिभ, विराटनगर शुभम् र लायन्स क्लब अफ दिङ्ला भोजपुरको सहयोग रहेको लायन्स क्लब डिस्ट्रिक क्याविनेट सेक्रेटरी रेवतबहादुर कार्कीले जानकारी दिए।

क्याविनेट सेक्रेटरी कार्कीका अनुसार, एसीसहितको शव गृह निर्माणमा ६ लाख ३ हजार रुपैयाँ खर्च भएको छ। त्यसैगरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलका अनुसार व्यवस्थित शवगृहको निर्माणसँगै अब एकै पटकमा तीनवटा शवको पोष्टमार्टम गर्न सकिनेछ।

‘शव एकदिनमा अस्पतालमा तीनवटा भन्दा बढी पोष्टमार्टमका लागि ल्याउने गरिएको छ’, मेसु पोखरेलले भने, ‘तर व्यवस्थित शव गृह निर्माणपछि पोष्टमार्टममा सजिलो हुनुका साथै शवबाट दुर्गन्ध फैलने समस्याको अन्त्य भएको छ।’

यसअघि कोसी अञ्चल अस्पतालमा व्यवस्थित शव गृह नहुँदा पोष्टमार्टमका लागि ल्याएर राखिएका शव गन्हाउने र वरपर दुर्गन्ध फैलने समस्या थियो।

लायन्स क्लबले यसअघि पनि अस्पताल परिषरमा बिरामी कुरुवा घरको निर्माण गरेको छ। बिरामीले अस्पतालमा कुर्नका लागि आउने कुरुवालाई सुत्ने ठाउँको अभाव हुने भएका कारण लायन्सको सहयोगमा निर्माण भएको बिरामी कुरुवा घरले धेरैलाई सजिलो भएको अस्पतालले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?