
पोखरा- पोखरा– पर्वत कुस्मा वडा नम्बर १३, बाम्रा स्थित सिलेखोला किनारमा ४५ वर्षीय पदमबहादुर घर्तीको शव फेला परेको छ।
सल्यान घर भएका घर्ती कुस्मा स्थित सडकमा काम गर्ने मजदुर भएको जिल्ला प्रहरी कार्यालय पर्वतको प्रारम्भिक अनुसन्धानमा खुलेको ४ नं. प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
माघेसंक्रान्ति नुहाउन भन्दै मंगलबार सबेरै खोलातर्फ लागेका घर्तीको बुधबार बिहान ९ बजे सिलेखाला किनारमा शव फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता तथा डिएसपी गोविन्द पुरीले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता पुरीले बताए।