बुद्ध एयरले भारतको कोलकाताका लागि उडान भर्ने

बुद्ध एयरले भारतको कोलकाताका लागि उडान भर्ने
+
-

काठमाडौँ – निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा २०७६ वैशाख २ गते देखि उडान भर्ने भएको छ ।

पर्यटनलाई लक्षित गर्दै काठमाडौँ–कोलकता साताको तीन पटक उडान भर्ने कम्पनीद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बङ्गाली पर्यटकलाई लक्षित गरी कोलकाता उडान सुरु गर्न लागिएको बताए ।

उनका अनुसार साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार काठमाडौँ–कोलकत्ता उडान गरिनेछ । यो उडान हाल प्रयोग भइरहेको एटिआर–७२ विमानबाटै हुनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलकाता पुग्न १ घण्टा ४० मिनेट लाग्ने छ । यसअघि बुद्धले भारतको बराणसीमा उडान भर्दै आएको छ ।

बुद्धले पर्यटक यात्रुलाई विशेष जोड दिने तयारी रहेको जनाएको छ । हाल साताको करिब ८०० उडान गर्दै आएको बुद्धले कोलकतामा ६ उडान रहने प्रबन्ध निर्देशक बस्नेतले बताए ।

कोलकातामा उडान सफल भएपछि विसं २०७७ भदौदेखि दक्षिण एसियाका विभिन्न गन्तब्यमा जेट विमानबाट उडान सञ्चालन गर्ने जनाएको छ । तत्कालका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अन्तर्राष्ट्रिय उडान भर्ने र पोखरा क्षेत्रीय विमानस्थल सञ्चालनमा आएसँगै विसं २०७८ भदौबाट पोखराबाट उडान भर्ने तयारी रहेको प्रबन्ध निर्देशक बस्नेतको भनाई छ ।

पर्यटन प्रवर्द्धनार्थ केन्द्रित हुने कोलकता उडान सफल भएमा भारतकै अन्य गन्तव्यमा पनि बुद्धले आफ्नो सेवा बिस्तार गर्ने छ । बुद्ध एयरका नौवटा एटिआर विमान पुगेका छन् । यीमध्ये ६ एटिआर–७२ र दुई एटिआर–४२ हुन् । बुद्धसँग दुई विचक्राफ्ट विमान पनि छन् ।

बुद्धले हाल आन्तरिकतर्फ भद्रपुर, विराटनगर, तुम्लिङ्टार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङ्टार र पोखरा–भैरहवा उडान भर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ बुद्धले गत असार १५ गतेदेखि भारतको बराणसी सीधा उडान सुरु गरेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?