बार्सिलोनाको शानदार पुनरागमन, डेम्बेले र मेस्सीको गोलले तय भयो अघिल्लो चरणको यात्रा

बार्सिलोनाको शानदार पुनरागमन, डेम्बेले र मेस्सीको गोलले तय भयो अघिल्लो चरणको यात्रा
+
-

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा पुग्न सफल भएको छ । पहिलो लेगमा २–१ ले पराजित भएको बार्सिलोनाले अन्तिम १६ को दोस्रो लेगमा लेभान्टेलाई ३–० ले हराउँदै समग्रमा ४–२ को जितसहित अन्तिम ८ मा स्थान पक्का गरेको हो । पहिलो लेगमा पराजित भएपछि बार्सिलोनाका लागि दोस्रो लेगको यात्रा निकै कठिन बनेको थियो ।

तर बिहीबार राति घरेलु मैदानमा भएको खेलमा लियोनल मेस्सी कप्तानीको बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गरेको हो । बार्सिलोनाको जितमा पहिलो हाफमा उसमान डेम्बेलेले दुई तथा दोस्रो हाफमा मेस्सीले एक गोल गरे । डेम्बेलेले ३० र ३१ गरी दुई मिनेटभित्र दुई गोल गरेका हुन् । यस्तै मेस्सीले ५४ औँ मिनेटमा गोल गरेपछि बार्सिलोनाको दोस्रो लेगमा ३–० तथा समग्रमा ४–२ को जित निश्चित भयो ।

यस्तै बिहीबार राति नै भएको खेलमा रियल सोसिडाडसँग २–२ को बराबरी खेलेको रियल बेटिसले अवे गोलका आधारमा अन्तिम ८ मा स्थान पक्का गरेको छ । यस्तै भिल्ला रियललाई ३–१ ले हराएको स्पानियोलले समग्रमा ५–३ को जितसहित अन्तिम ८ मा स्थान बनाएको छ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?