मण्डपमा गोली चल्यो, बेहुली घाइते भएपनि विवाह रोकिएन

मण्डपमा गोली चल्यो, बेहुली घाइते भएपनि विवाह रोकिएन
+
-

दिल्लीमा विवाह चलिरहेका बेला कसैले फायरिंग खोले । गोली मण्डपमा रहेकी बेहुलीलाई लाग्यो । उनलाई तुरुन्तै अस्पताल लगियो । त्यसलगत्तै उनलाई फेरि मण्डपमा ल्याएर विवाहको बाँकी काम पूरा गरिएको छ ।

शकरपुरको शिव मन्दिर धाम स्थित मडावलीमा रहने पूजा  र गीता कालोनीका फूल कारोबारी भरत को विवाह थियो । जयमालाका क्रममा बेहुला बेहुली स्टेजमा पुग्ने बित्तिकै अचानक गोली चल्यो । खुट्टामा गोली लागेपछि बेहुली ढल्न पुगिन् ।

घटनापछि त्यहाँको माहोल गम्भीर बन्यो । परिवार र आफन्तजनहरुमा रुवावासी चल्यो । प्रहरीले यो घटनामा धेरै व्यक्तिलाई सोधपुछ गरेपनि अभियुक्त पक्राउ गर्न सकेको छैन ।

यसैबीच बेहुलीले हिम्मत देखाएर विवाह पूरा गर्ने बताएपछि उनलाई फेरि मण्डपमा ल्याइयो । उनले परिवार र डाक्टरलाई विवाहका लागि मन्दिर लैजान भनेकी थिइन् । सुरुमा अनुमति नदिएका डाक्टरहरुले पछिअनुमति दिएका थिए । त्यसपछि घाइते अवस्थामै उनको विवाह भएको छ ।

प्रहरीले गोली हर्ष फायरिंगका क्रममा चलेको अनुमान गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’