अस्पताल भर्ना भएकी ऋचा शर्मालाई के भएको हो?

+
-

काठमाडौँ– बुधबार एक्कासी छाती दुखेपछि नायिका ऋचा शर्मा ग्राण्डि अस्पताल पुगिन्। बिपी कम थियो। मुटुको चाल सामान्यभन्दा कम। ग्राण्डी अस्पतालमा ऋचालाई निगरानी गरेका डाक्टर विजयकुमार लिङ्देनले देशसञ्चारलाई फोनमा बताए, ‘ऋचाजी बेलुका अस्पताल आउनुभएको थियो, हामीले उहाँको पेन म्यानेजमेन्ट गर्‍यौँ।’ डाक्टरका अनुसार उनलाई छाती अनि कुममा दुखेको थियो। उनी अस्पताल पुग्दा राति पौने १२ भएको थियो। उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो।

ऋचाले पहिलादेखि स्वास्थ्य देखाउँदै आएका डाक्टर जे पी जेसवाल हुन्। उनी बिहीबार अमेरिकाबाट नेपाल फर्केका हुन्। डाक्टरका अनुसार ऋचाको स्वास्थ्य अवस्थाको बारेमा जेसवालले यात्राकै क्रममा थाहा पाएका थिए। ऋचालाई ग्राण्डीबाट डेढ घण्टामा नै नर्भिक लगिएको थियो। डा. जेसवाल नर्भिकका वरिष्ट मुटु रोग विशेषज्ञ हुन्।

डाक्टरले के भने?


‘अस्ती उहाँलाई छाती दुखेको थियो, ४ घण्टाजति। दुखाइ बिस्तारै हातमा सर्दै गयो। उहाँ ग्रान्डी पुग्नुभएछ। मैले त्यहाँको डाक्टरसँग कुरा गर्दाखेरी ‘उहाँको इसिजीमा केही चेन्जेजहरु छन्’ भन्नुभयो। ऋचाजीले डाक्टर जेपी जेसवाललाई नै देखाउँछु भन्नुभएछ र यता ल्याइएको हो, उता आउँदा पनि उहाँलाई छातीमा दुखिरहेको थियो।

उहाँको इको गर्दा इको कार्डियोग्राफी सामान्य आयो। त्यसपछि मुटुमा अवरोध छ कि छैन भनेर हेर्नको लागि मैले एन्जियोग्राफी गरेर हेरेँ। हिजो ३, ४ बजेतिर म, डाक्टर शैलेन्द्र कुसवाहसहितको टोलीले एन्जिओग्राफी गर्‍यौँ, एन्जिओग्राफी गर्दा उहाँको मुटुका दाहिने देब्रे सबैतिरको नसा क्लियर छ।’

‘उहाँ अस्पतालमा भर्ना भएको हो, हृदयाघात भएको होइन। सुटिङको व्यस्तता, प्रेसरले कहिलेकाहिँ ग्यास्ट्रिकले पनि यस्तो समस्या आउँछ। उहाँलाई केही खतरा छैन।’

ऋचालाई भएको दुखाइलाई चिकित्साको भाषामा ‘अटिपिकल चेस्ट पेन भनिन्छ।’

शुक्रबार नर्भिक अस्पतालको तेस्रो तलामा ऋचा आराम गरिरहेकी थिइन्। उनीसँग दुईजना दिदीहरु थिए। भनिन्, ‘आफ्नै समाचार पढेर अचम्ममा परेँ।’ ऋचा शुक्रबार डिस्चार्ज हुँदै छिन्। उनले बिहीबार बेलुका फेसबुकबाट आफूलाई हृदयघात नभएको जानकारी गरेकी थिइन्।

ऋचालाई शिघ्र स्वास्थ्य लाभको कामना !

डा. ऋचा शर्माको अस्वस्थतााबारे के भन्छन् डा. जेपी जयसवाल!

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?