सुझाव संकलन आयोग

प्रदेश-२ को राजधानी ‘जनकपुरधाम’, नाम ‘मधेश’ राख्‍न सुझाव

प्रदेश-२ को राजधानी ‘जनकपुरधाम’, नाम ‘मधेश’ राख्‍न सुझाव
+
-

जनकपुरधाम- प्रदेश नं. २ को राजधानी जनकपुरधाम र नाम मधेश वा मध्य मधेश राख्‍न एक कार्यक्रममा सुझाव दिइएको छ।

प्रदेश सरकारले स्थायी राजधानी र नामाकरणको बिवाद टुङ्गयाउन नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाको नेतृत्वमा गठन गरेको सुझाव संकलन आयोगको कार्यक्रममा प्रदेश २ को राजधानी ‘जनकपुरधाम’ र नाम ’मधेश’ हुनुपर्ने सुझाव दिइएको हो।

प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्ने विवाद चरमोत्कर्षमा रहेको बेला आयोगले शुक्रवार गरिएको सुझाव संकलन कार्यक्रममा अधिकांस वक्ताहरुले बिभिन्न आन्दोलनहरुको परिवर्तनलाई संस्थागत गर्न मधेश नाम राख्नुपर्ने सुझाव दिएका छन्।

उनीहरुले पहिलो, दोश्रो तथा तेश्रो मधेश आन्दोलनको भावना विपरित तथा आन्दोलनका शहिदहरुको मर्म र भावनालाई समेट्न समेत मधेश नाम राखिनुपर्नेमा जोड दिएका छन्।

प्रदेशको राजधानी तथा नाम सम्बन्धमा सुझाव तथा संकलन कार्यक्रममा नेकपाका सांसद रामचन्द्र मण्डलले सुझाव संकलन आयोगको नाममा प्रदेश सरकार फजूल खर्चमा फसेको आरोप लगाए । उनले प्रदेशसभाको दुई तिहाई बहुमतबाट प्रदेशको नामाकरण, भाषा तथा राजधानी टुङ्गयाउनुपर्नेमा नामाकरण तथा भाषालाई ल्याएर भाषालाई गौण गर्न लागेको आरोप समेत लगाएका छन्।

उनले भने, ‘सरकारले प्रदेशको नामाकरण, भाषा तथा राजधानी विधेयक सदनमा लगेर सदनबाट विशेष समिति गठन गरेर सुझाव संकलन गर्नुपथ्र्यो तर यो समिति गठन गरेर सरकारले आफ्नै लागि सुझाव संकलन गरिरहेको छ । एउटै काममा दोहोरो खर्च गरेर पेट पाल्न लागेको छ ।’ प्रदेश सांसद मण्डलले एक वर्ष अघि नै अस्थायी राजधानी तय भईसकेको बेलामा भाषालाई छोडेर सरकारले आफ्नो रोटी सेक्न खोजेको आरोप लगाए।

मधेशी जनअधिकार फोरम हराएर संघीय समाजवादी फोरम बन्यो, तराई मधेश लोकतान्त्रिकबाट राजपा नेपाल बन्यो, तर आज प्रदेशको नामाकरणमा मधेश किन चाहियो? प्रदेश सांसद मण्डलले प्रश्न गरेका थिए।

राष्ट्रिय जनता पार्टी नेपालका प्रमुख सचेतक परमेश्वर साहले मधेश आन्दोलनको भावना विपरित प्रदेशको नाम मधेश राखिनुपर्ने बताए । उनले मधेश आन्दोलनको नाममा पटक पटक पहिचानको आन्दोलन भएकोले परिवर्तनलाई संस्थागत गर्न समेत मधेश नाम र राजधानी जनकपुरधाम राखिनुपर्ने बताए।

यता जनकपुरधाम उप–महानगरपालिकाकी उपमेयर रिता झा मिश्रले जनताले आफ्नो मत दिएर प्रदेशसभालाई प्रदेशको नामाकरण, भाषा र राजधानी टुङग्याउन मत दिएकोले प्रदेशसभामा यो विषयमा छलफल हुुनुपर्ने बताईन् । उनले नामाकरणबारे स्पष्ट रुपमा भने केही बोलिनन् । युवाहरुले होहल्ला मचाए


प्रदेश सरकारद्वारा गठित प्रदेशको राजधानी तथा नाम सम्बन्धमा सुझाव संकलन आयोगका कार्यक्रम होटेलको एउटा बन्द कोठामा गरेको भन्दै जनकपुरधामका केही युवाहरुले होहल्ला समेत मचाएका छन्।

कार्यक्रमको १० मिनेट नबित्दै युवाहरुको एक समुहले हो–हल्ला गरेका थिए। मधेश आन्दोलनको स्वतन्त्र समुहबाट नेतृत्व गरेका युवाहरु सुशिल कर्ण तथा सरोज मिश्र समुहका युवाहरुले कार्यक्रम स्थलमा आएर खुल्ला स्थानमा कार्यक्रम गर्नुपर्ने धारणा राख्दै हल्ला मचाए।

उनीहरुले प्रदेशको राजधानी, नाम तथा भाषा प्रदेशसभाबाट दुई तिहाईको बहुमत पारित हुने विषय भएपनि जिल्ला जिल्लामा जनतामाझ गएर सुझाव संकलन गर्नुभन्दा बन्द कोठामा युवाहरुको प्रतिनिधित्व कार्यक्रम गरेको आरोप लगाएका थिए।

उनीहरुले संविधान विधयेक मस्यौदा जिल्ला जिल्लामा गएर संकलन गरे जस्तै केही सिमित व्यक्तिहरु बोलाएर सुझाव संकलन गर्न नहुने तथा गरे आफुहरुले बहिष्कार गर्ने बताएका थिए।

कार्यक्रममा झण्डै १० मिनेट दुई पक्षीय हो–होल्ला तथा बादबिवाद भए पनि हाल कार्यक्रममा प्रदेशको राजधानी तथा नामाकरण सम्बन्धमा सुझाव संकलन गरिएको छ, भने विवाद गरेका युवाहरुको उक्त समुहले कार्यक्रमलाई बहिष्कार गरि बाहिरिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?